Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सोयाकमा ज्येष्ठ नागरिक विकास कार्यक्रम

सोयाकमा ज्येष्ठ नागरिक विकास कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २३ २०७९


सोयाकमा ज्येष्ठ नागरिक विकास कार्यक्रम

सोयाक । सामाजिक विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिका-११, सोयाकमा १ दिने ज्येष्ठ नागरिक विकास कार्यक्रम सम्पन्न भएको छ । वडा नं ११ को आयोजना रहेकाे कार्यक्रममा वडा भरी रहेका ८० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई सम्मान तथा न्यानो कम्बल वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक अभिभावक, प्रेरणाको स्रोत भएको हुँदा सानो भएपनि सम्मान कार्यक्रम राख्नु पाउँदा खुसी लागेको वडाध्यक्ष टासि जवेगुले बताए । वडाबाट उक्त कार्यक्रमका लागि ४० हजार रकम विनियोजित गरेको थियो । कार्यक्रममा वडा सदस्यहरु गोविन्द खत्री र प्रेमिका शिवाकोटी सहित वृद्धवृद्धाको उपस्थिति रहेको थियो।

वडा सचिव रवीन्द्र घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार