सितली । इलामको माइ नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि आधारभुत होमस्टे तालिम सम्पन्न भएको छ । भ तालिम २०७९ असार १३ गते दानाबारीमा सुरु भइ १६ गते अन्तु पर्यटीय क्षेत्रमा रहेका होमस्टेको अवलोकन तथा अगुवा संचालकहरुसंगको अन्तरक्रिया पश्चात समापन भएको थियो ।
होमस्टे तालिमममा प्रकाश अधिकारी, केशव कुमार धौराली, लुना खतिवडा, लिला भट्टराईले तालिममा सहजिकरण गरेका थिए । माइ नगरपालिका इलामको आयोजनामा भएको तालिममा नगरपालिका भित्रका ३२ जनाकाे सहभागिता रहेको थियो ।




