फिक्कल । इलामको सूर्योदय नगरपालिका भित्रका शिक्षक, कर्मचारीको अनलाइन तथा युवाहरूको आधारभूत कम्प्युटर तालिमको समापन भएको छ । सूर्योदय नगर युवा परिषद्को आयोजनामा २ महिने तालिम समापन भएको हो । नगर युवा परिषद्ले एक वडाबाट ५ जनाको दरले ७० जना युवायुवतीहरु कम्प्युटर तालिमको सहभागिलाई प्रमाणपत्र वितरण गरिएको हो ।
२ महिने आधारभुत कम्प्युटर तालिमको संयोजन सम्मुनन्त सूर्योदय मल्टि सर्भिस प्रा लिले संयोजन गरेको परिषद्की सदस्य सिर्जना राईले बताइन् । यस्तै सूर्योदय नगरपालिका भित्र काम गर्दै आएका शिक्षक र कर्मचारीहरुको आधारभुत अनलाइन कम्प्युटर तालिमको समापन भएको हो । तीन सय जना शिक्षक कर्मचारीलाई अनलाइनबाट कम्प्युटर तालिम आयोजना गर्ने भनेपनि ५० जनाले मात्रै तालिम पुरा गरेका थिए ।
सूर्योदय नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना भएको अनलाइन कम्प्युटर तालिमको संयोजन प्रविधिमैत्री शिक्षक समाजले गरेको थियो । कम्प्युटर तालिममा सहभागिलाई प्रमाण पत्र वितरण र प्रशिक्षकलाई सम्मान पत्र हस्तान्तरण कार्यक्रमको अध्यक्षता सूर्योदय िनगर युवा परिषद्का अध्यक्ष डिल्लि आचार्य र प्रमुख अथिति नगर प्रमुख रणबहादूर राई रहेका थिए । शिक्षक कर्मचारीको अनलाइन तथा युवाहरुको आधारभुत कम्प्युटर तालिमको सम्युक्त समापन कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले गरेको शिक्षा शाखाका कर्मचारी नवराज पौडेलले जानकारी दिए ।







