दानाबारी। नगर स्तरीय महिला सशक्तीकरण सञ्जाल माई नगरपालिकाको आयोजनामा ५ दिने महिला क्षमता विकास तालिम सितलीमा सम्पन्न भएको छ । कार्यक्रममा क्षमता विकास अन्तरगत उद्घोषण सिप, माइन्युट लेखन, बैठक सन्चालन, महिलाको बर्तमान अवस्था र सुधार गर्नुपर्ने उपाय, नेतृत्व क्षमता, संविधान र देवानी संहितामा महिलाको अधिकार, कानुनी ब्यवस्था तथा मोवाएल बैङ्किङ र अनलाईन प्रणाली लगायत विषयमा सहजीकरण गरिएको थियो। तालिमलाई सहजकर्ताहरु दिवाकर भण्डारी, उर्मिला तामाङ, हरि प्रसाद पौडेल र विमल दहालले सहजीकरण गर्नु भएको सशक्तीकरण संजाल कोषाध्यक्ष मिना श्रेष्ठले जानकारी दिइन् ।
क्षमता विकास तालिम समापन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले सिकेका विषयलाई ब्यवहारमा लागु गर्ने सहभागीहरुलाई आग्रह गरेका थिए । उनले तालिमलाई तालिम मायाको रुपमा नलिई समन्यायीक, समावेशी समाज निर्माणमा प्रयोग गर्न र मानवीय क्षमताको विकास गर्न आबश्यक रहेको जानकारी दिए। अधिकारीले आगामी आर्थिक वर्ष महिला लक्षित कार्यक्रमका लागि १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
विशेष अतिथि निबर्तमान उपमेयर विष्णुमाया रिमालले मन्चमा आएर बोल्न नसक्ने महिलालाई शसक्तिकरण संजालले नेतृत्व गर्न सक्ने वनाएको बताइन् । उनले निरन्तर उद्घोषण सीपलाई अभ्यास गर्न सहभागीलाई आग्रह गरिन् । आयोजक संस्थाको संरक्षक समेत रहनु भएको रिमालले महिलालाई संगठित भई महिला हकहितमा निरन्तर कृयाशिल रहन महिला शसक्तिकरण संजाललाई सुझाव दिइन्। समापन कार्यक्रममा माई ४ का वडाध्यक्ष हेम बहादुर लायो मगर, वडा नम्बर १० का वडाध्यक्ष गणेश राई, सहजकर्ता दिवाकर भण्डारी, उर्मिला तामाङ, सहभागी प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।
आयोजक संस्थाका अध्यक्ष जुनु राईको अध्यक्षता, उपाध्यक्ष रञ्जना थापाको स्वागत र सचिव रुपा राईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। नगर भित्रका ७० जना महिलाको सहभागिता रहेको तालिम माई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।