Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रिया र प्रितिलाई पितृशोक

प्रिया र प्रितिलाई पितृशोक

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २६ २०७९


प्रिया र प्रितिलाई पितृशोक

रोङ : यु–१८ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सदस्य प्रिया बस्नेत र कराते प्रशिक्षक प्रिति बस्नेतलाई पितृ शोक परेको छ । उनीहरुको बुबा इलामको रोङ गाउँपालिका–३ निवासी रुद्रबहादुर बस्नेतको ४५ बर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समय देखि कलेजो सम्बन्धी रोगको विरामी बस्नेतको उपचारको क्रममा बिएन्डसी अस्पतालमा निधन भएको थियो ।

प्रिया करातेको समेत राष्ट्रिय खेलाडी हुन् । दुवईमा कराते प्रशिक्षक रहेकी प्रिति एक साता अघि मात्र नेपालबाट कर्मथलो फर्किएकी थिइन् । बाबुको मृत्यु पछि प्रिति दुवईको कराते किड्स क्लबको प्रशिक्षण छाडेर बुधबार नेपाल फर्किएकी छन् । बस्नेतको अहिले कनकाई माईमा सदगत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार