इलाम । इलामका नवनिर्वाचित स्थानीय तह न्यायीक समिति संयोजक र उजुरी प्रशासक लाई न्याय सम्पादन सम्बन्धी २ दिवसीय तालिम दिइएको छ । जिल्ला समन्वय समितिको समन्वय र मानव अधिकार मञ्चको आयोजनामा भएको तालिममा मेलमिलाप प्रक्रिया र विधि, ऐन तथा कार्यविधि सम्बन्धी देवेन्द्र विश्वकर्मा र मनकुमार बराइलीले सहजिकरण गरेका थिए ।
आगामी दिनमा स्थानीय तहमा चुस्त र दुरुस्त न्याय सम्पादनको सहजताका लागि तालिम दिइएको मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेले जानकारी दिए । तालिममा इलामका १० मध्ये न्याय समिति संयोजक रहेकाे ३ नगर उपप्रमुख र ६ गाउँपालिका उपाध्यक्ष सहित १० जना उजुरी प्रशासकको सहभागिता रहेको थियो ।
स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी बनाउनका लागि मानव अधिकार मञ्चले विभिन्न समयमा तालिम र अन्तरक्रिया आयोजना गर्दै आएको छ ।