दानाबारी । बिश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएकी इलामकी युवन्तिका तामाङलाई बुधबार माई नगरपालिकाले सम्मान गरेको छ।
सूर्योदय नगरपालिका वडा नं९१० फिक्कल निवासी युवन्तिकाले गत वैशाख९३० गते विहान ६ः ५० वजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेर विश्वकिर्तिमान कायम राख्न सफल भएकोमा माई नगरपालिकाले वहाँलाई कदरपत्र सहित सम्मान गरेको हो ।
माईका मेयर खम्बसिंह लिम्बुले साहसिक सगरमाथा आरोहण गरि इलामको गौरव, पहिचान, इज्वत र सम्मान राख्ने काम गर्नु भएको भन्दै आरोही तामाङको प्रशंसा गरे। मेयर लिम्बुले सगरमाथा जो कोहीले चढ्ने कुरा कल्पना भन्दा वाहिर रहेको भन्दै व्याक्तिको लागि भन्दा राष्ट्रका लागि काम राम्रो काम भएकाले थप सफलताको कामना गरे ।
स्थानीय तह निर्वाचनका दिन सगरमाथा आरोहण गरेकी तामाङलाई माईको कार्यपालिका सदस्यको निर्बाचन सम्पन्न संगै बुधवार सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले वताए । सम्मान कार्यक्रममा उपमेयर हिमा भण्डारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयवासी लगायले सम्मान गरेका थिए । माई नगरपालिकाले सगरमाथा आरोहण गर्न तामाङलाई नगद ५० हजार रुपैयाँ समेत सहयोग गरेको थियो।