Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

  • सन्देश सम्बाददाता
  • आइतबार, जेष्ठ १५ २०७९


वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

इलाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् । उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका समेत बताएका छन् ।

१५ औ गणतन्त्र दिवसको शुभकामना दिँदै प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन हार्दिक अपील गरेका छन् ।

प्रचण्डद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ‘ नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानमा हामीले संविधानसभाबाट संविधान निर्माण ग–यौं । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आईपगेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो ।

निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजभाइहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । ’

नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको उल्लेख गर्दै १० वर्षे जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

https://www.facebook.com/prachanda.nepal/posts/545779276912473

प्रतिक्रिया
सम्बन्धित समाचार