Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

गणतन्त्र दिवसको अवसरमा खनालको शुभकामना

गणतन्त्र दिवसको अवसरमा खनालको शुभकामना

  • सन्देश सम्बाददाता
  • आइतबार, जेष्ठ १५ २०७९


गणतन्त्र दिवसको अवसरमा खनालको शुभकामना

इलाम । १५ औ गणतन्त्र दिवसको अवसरमा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले शुभकामना दिएका छन् । खनालले विज्ञप्ती जारी गर्दै २०६२–०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौं देखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।

उनले नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन जनक्रान्तिकै बलबाट समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेका लेखेका छन् । विज्ञप्तीमा लेखिएको छ ‘ जनक्रान्तिकै म्याण्डेट बमोजिम हामीले संविधान सभाको निर्वाचन ग¥यौ । संविधान निर्माण गरे पश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन ग¥यौँ । भर्खरै मात्र पनि हामीले दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न ग¥यौँ । यी हामीले हासिल गरेका महत्वपूर्ण संरचनागत उपलब्धिहरु हुन् ।’

विज्ञप्तीमा थप लेखिएको छ ‘तर विडम्बना, यी उपलब्धिहरूलाई संस्थागत गर्दै मुलुकको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणलाई तीब्र बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गनुपर्ने ठाउँमा स्वयम् संविधान र गणतन्त्रलाई नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने प्रयत्न गरियो ।

उक्त कदम मार्फत सिङ्गो कम्युनिष्ट आन्दोलनलाई विभाजन र विसर्जनतर्फ धकेल्न खोजियो । तर पनि हामीले संयुक्त बामलोकतान्त्रिक आन्दोलनबाट उक्त प्रतिगमनको कदमलाई परास्त गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सफल भएका छौँ र यतिबेला मुलुक पुनः संविधानले मार्गप्रशस्त गरेको बाटोमा अग्रसर हुन थालेको छ । ’

उनले सम्पुर्ण देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्न र सामाजिक–आर्थिक विकास र रुपान्तरणलाई तीब्र बनाउँदै वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्बक अगाडि बढ्न आहवान गरेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार