Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री खनालले दिए बुद्धजयन्तीको शुभकामना

पुर्व प्रधानमन्त्री खनालले दिए बुद्धजयन्तीको शुभकामना

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २ २०७९


पुर्व प्रधानमन्त्री खनालले दिए बुद्धजयन्तीको शुभकामना

इलाम । पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २५६६ औं बुद्ध बुद्धजयन्तीको शुभकामना दिँदै नेपालीहरु शान्तिको पक्षमा रहेको बताएका छन् । खनालले विज्ञप्ती जारी गर्दै शान्ति र प्रगतीको शुभकामना दिएका हुन् । खनालले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका बिचार, दर्शन र शिक्षाहरु आजको विश्वमा पनि उत्तिकै सान्र्दभिक रहेका बताए ।

खनालले जारी गरेको विज्ञप्तीमा भनिएको छ यतिबेला विश्व फेरी युद्धको भुमरीमा पर्ने खतरा बढ्दै गइरहेको छ । एउटा छँदा खाँदाको स्वतन्त्र राष्ट्र युक्रेन आज पश्चिमा शक्तिहरू र रुसका बीचको युद्ध मैदानमा परिणत भएको छ । हरेक दिन युक्रेन ध्वस्त हुँदै गरिरहेको छ । नाटो जस्तो सैनिक संगठनलाई विस्तार गर्ने काम भइरहेको छ र युद्ध लम्बिने र फैलिने खतरा बढिरहेको छ । त्यसले विश्वभरि नै संकटहरु बढाउँदै लगिरहेको छ ।’

खनालले विश्वका जतिसुकै जटिल समस्याहरु पनि वार्ता र संवादबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । युक्रेनमा युद्धरत दुवै पक्षलाई पनि तुरुन्त युद्ध बन्द गर्न, युद्धविराम घोषणा गर्न, शान्ति वार्ता गर्न र वार्ताबाट नै सम्पूर्ण समस्याहरूको समाधान गर्न जोडदार आग्रह गरेका छन् ।

नेपालीहरुलाई तथा विश्वभरिका शान्तिकामी जनता र राष्ट्रहरूलाई शान्तिपूर्ण ढंगले परिवर्तन, रूपान्तरण, अग्रगति र प्रगति तिर अघि बढ्न प्रेरित गर्न शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार