Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा कहाँ कस्को अग्रता

इलाममा कहाँ कस्को अग्रता

  • लोकल सन्देश
  • शनिबार, बैशाख ३१ २०७९


इलाममा कहाँ कस्को अग्रता

इलामको १० वटै पालिकामा मतगणना कार्य धमाधम भइरहेको छ । अहिलेसम्म नतिजा सार्वजनिक भएका पालिकामा मिश्रित नतिजा आएको छ । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा गठबन्धन दल नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

इलाम नगरपालिका वडा नं.१ को मतगणना अनुसार मेयर केदार थापा नेपाली कांग्रेस १३५, धिरेन चेम्जोङ नेकपा एमाले –१०७, उपमेयर विष्णु दाहाल नेपाली कांग्रेस–१५५ सिता रिजाल नेकपा एमाले –९९ मत पाएका छन् ।

चुलाचुली गाउँपालिकामा ४ सय मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धन दल नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । अध्यक्षमा कांग्रेसले १९३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ११२ मत पाएका थिए । नेकपा एमालेले उपाध्यक्षमा १२२ मत प्राप्त गर्दा उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले १०९ मत पाएको छ ।

इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । माइजोगमाई गाउँपालिका ६ सय २२ मत गणना गर्दा कुशबहादुर थेवे (नेकपा एमाले) – ३०८, जीतबहादुर राई ( एकिकृत समाजवादी) – २ सय ४८ कुन्धन पौडेल (राप्रपा) – ४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा सावित्रा भट्टराई (नेकपा एमाले) –३०७ र प्रविना राई ( नेपाली काँग्रेस) – २ सय ५१ मत प्राप्त गरेकी छन् । माइजोगमाइ वडा नम्बर १ मा पनि वडा अध्यक्ष ( १ नं वडा) याक कुमार कार्की (नेकपा एमाले) – ३०३ र टेक बहादुर शाह (नेपाली काँग्रेस) – २ सय ६९ मत प्राप्त गरेका छन् ।

दलित महिला सदस्य कल्पना रसाइली (नेकपा एमाले) – १९३ र मीनाकुमारी रसाइली ( एकिकृत समाजवादी) – १०० मत पाएका छन् । माई नगरपालिका– १० को पछिल्लो ५०० मत गणना हुँदा मेयर तर्फ खम्वसिंह लिम्वू – नेकपा एमाले–२६७,धनकुमार लिम्वू –नेकपा माओवादी केन्द्र (गठबन्धन)–१४७, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी –२४ मत प्राप्त गरेका छन् ।

उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले–२६१, हेमवहादुर लिम्वु नेपाली कांग्रेस–१६४ मत प्राप्त रहेको छ। वडा अध्यक्षमा गणेश राइ– नेकपा एमाले –२५३, राम बहादुर आले मगर–नेपाली कांग्रेस–१८१, इन्द्र कुमारी तिम्सीना–राष्ट्रिय प्रजातन्त्र पार्टी –२५ ले मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा कृष्ण कुमारी थापा–नेकपा एमाले –२५१, दुर्गादेबी मगर नेपाली कांग्रेस–१४९, रिता राई–राष्ट्रिय प्रजातन्त्र पार्टी–१८, दलित महिला सदस्यमा गीता देबी गदाईली नेकपा एमाले–२५८, निर्मला बराल–नेकपा माओबादी केन्द्र–९१, खुला सदस्य, राजकुमार गडतौला – नेकपा एमाले –१३९, मोहन कुमार मगर नेकपा एमाले खुला सदस्य–२४३, भक्त बहादुर कटेल–नेपाली कांग्रेस –१५६, सागर राई नेकपा माओबादी केन्द्र–१२८, दिलबहादुर थापा–राष्ट्रिय प्रजातन्त्र पार्टी–२२, तेज बहादुर खतिवडा– राष्ट्रिय प्रजातन्त्र पार्टी –१७ मत प्राप्त रहेको छ ।

सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीले अग्रता कायम गरेको छ । वडा नं १ बाट सुरु भएको गणनामा मेयरमा रन बहादुर राई ( नेकपा एस) १५८, काजिमान कागते ( नेकपा एमाले) १५२ रहेको छ । उपमेयरमा दुर्गा देवि भट्टराई (नेकपा एमाले) १५३ र दुर्गा बराल ( नेपाली कांग्रेस) १४२, वडाध्यक्षमा राज कुमार सेरेङ (नेका) ११६, धन कुमार मोक्तान (एमाले) १४७ र दिपेश राई (एस) ८९ मत रहेको छ ।

माङसेबुङ–४ को ताजा मतपरिणाम अनुसार ६०० गन्दा अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस)  २९१, हेमन्त राई (एमाले) २२३, उपाध्यक्ष विनोद नेम्बाङ (जसपा)  २४७, सुनिता सुब्बा (एमाले)  २२७, वडाध्यक्ष नवीन योङहाङ (एमाले) २११, दिलकुमार राई (काङ्ग्रेस) १६५, आषिस जबेगु (स्वतन्त्र) १६९ मत प्राप्त भएको छ ।

माङसेबुङ ५ को ताजा मतपरिणाम ६०० गन्दा अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) ३८२, हेमन्त राई (एमाले) ८८, उपाध्यक्ष विनोद नेम्बाङ (जसपा)  ३५२, सुनिता सुब्बा (एमाले) १०१, वडा अध्यक्ष नरेन्द्र राई (जनमुक्ति) ४०३, सुबदल सेलिङ (स्वतन्त्र)  १०७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार