फिक्कल । इलामका १० वटै पालिकामा मतपेटिका मतगणनास्थलमा आइपुगेका छन् । मतगणना सुरु गर्ने बारेमा सर्वदलिय बैठक बस्दै छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा सर्वदलिय बैठक सुरु भएको जानकारी प्राप्त भएको छ ।
११ बजेबाट मतगणनाको कार्य सुरु गरिने भएको छ । इलाममा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लामा ६९ प्रतिशत मतदान भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार इलाममा १ लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेका छन् । जसमा पुरुष ७९ हजार ८ सय ४ र महिला ७५ हजार १ सय ५१ जना रहेका छन् ।