Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खस्यो

माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खस्यो

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख ३० २०७९


माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खस्यो

नयाँबजार । इलामको माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा ११ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र रहेको गाउँपालिकामा ६८.८५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय माइजोगमाईले जनाएको छ ।

गाउँपालिकामा जम्मा १६ हजार ५ सय ६६ मतदाता रहेकोमा ११ हजार ४ सय ६ मत खसेको हो । जस अन्तर्गत १ नं वडामा ३ हजार ७ सय ५६ मतदाता रहेकोमा २ हजार ४ सय ९ मत , २ नं वडामा २ हजार २ सय २७ मतदाता मध्ये १ हजार ६ सय ५८ मत खसेको छ भने ३ नं वडामा २ हजार ३ सय ५३ मतदाता रहेकोमा १ हजार ५ सय ९७ मत खसेको छ ।

त्यस्तै २ हजार ३ सय ७३ मतदाता रहेको ४ नं वडामा १ हजार ७ सय ३२ मत , ३ हजार ९ सय ५१ मतदाता रहेको ५ नं वडामा २ हजार ५ सय ९१ मत खसेको छ भने २ हजार २ सय ६ मतदाता रहेको वडा नं ६ मा १ हजार ५ सय १९ मत खसेको छ ।

कुल खसेको मत मध्ये महिला ५ हजार २ सय ८३ र पुरुष ६ हजार १ सय २३ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार