Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईमा ६९ प्रतिशत मतदान

माईमा ६९ प्रतिशत मतदान

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख ३० २०७९


माईमा ६९ प्रतिशत मतदान

माई । इलामको माई नगरपालिकामा ६९ प्रतिशत मतदान भएको छ । विहान ७ बजेबाट बेलुका ५ बजेसम्म चलेको मतदानमा नगर क्षेत्रको १० वटा वडामा १६ हजार ७ सय ५४ जनाले मतदान गरेका छन् ।

नगरमा २४ हजार २ सय ९४ मतदाता रहेका थिए । माई नगरपालिका १ मा १ हजार ७ सय ८९ ले मतदान गरेका थिए । सो वडामा २ हजार ५ सय ९७ मतदाता रहेका थिए । वडा नं २ मा १ हजार ६ सय ७६ ले मतदान गरेका छन् । सो वडामा २ हजार ३ सय ८३ मतदाता रहेका छन् ।

वडा नं ३ मा १ हजार ३ सय ९० ले मतदान गरेका छन् । सो वडामा १ हजार ९ सय ५९ मतदाता रहेका छन् । वडा नं ४ मा १ हजार ८ सय १० जनाले मतदान गरेका छन् । सो वडामा २ हजार ६ सय ५९ मतदाता रहेका थिए । वडा नं ५ मा २ हजार २५ जनाले मतदान गरेका छन् । सो वडामा २ हजार ९ सय ३० मतदाता रहेका छन् ।

वडा नं ६ मा १ हजार ८ सय ३२ जनाले मतदान गरेका छन् । सो वडामा २ हजार ५ सय ९९ मतदाता रहेका थिए । वडा नं ७ मा १ हजार ६ सय ६२ जनाले मतदान गरेका छन् । सो वडामा २ हजार ३ सय ६६ मतदाता रहेका छन् ।

वडा नं ८ मा १ हजार ९ सय ४४ जनाले मतदान गरेका छन् । सो वडामा ३ हजार २० मतदाता रहेका थिए । वडा नं ९ मा १ हजार २ सय ६७ जनाले मतदान गरेका छन् । सो वडामा १ हजार ८ सय ६५ मतदाता रहेका थिए ।

वडा नं १० मा १ हजार ३ सय ५९ जनाले मतदान गरेका छन् । सो वडामा १ हजार ९ सय १६ मतदाता रहेका थिए । अहिले माई नगरपालिकाको केन्द्र सितलीमा रहेको मतगणनास्थलमा वडाबाट संकलित मतपेटिकाहरु ल्याउने कार्य भइरहेको छ ।

सवै वडाबाट मतपेटिका संकलन भएपछि आवश्यक प्रक्रिया पुरा गरेर आजै मतगणना थाल्ने तयारी रहेको निर्वाचन अधिकृत फणिन्द्रराज भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार