इलाम । इलाममा एक सय १० वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्योदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्। फोटोसहितको मतदाता नामावली अनुसार विष्णुमायाको जन्ममिति १९६९ चैत १० हो।
त्यस्तै फाकफोकथुम गाउँपालिकामा पनि १ सय २ वर्षीया महिलाले मतदान गरेकी छिन्। फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रमा जसरानी लिम्बुनीले मतदान गरेकी हुन्। नागरिकताको प्रमाणपत्र अनुसार उनको जन्म मिति १९७६ असार २ गते हो।