फिक्कल । आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सूर्योदय नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेको छ । जसपा अध्यक्ष सुरेन्द्र मोक्तानले प्रेस विज्ञप्ती जारी गर्दै भ्रामक हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।
उनले जसपाले उम्मेदवारी फिर्ता लिएर अन्य दललाई सहयोग गर्ने भन्ने भ्रम रहेको बताएको छ । आधारहिन गतिविधि गर्नेहरुलाई हदैसम्मको कारवाही गर्न समेत माग गरिएको छ ।