Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

मुलुकको हरेक परिर्वतनका लागि दलहरु विच सहकार्य : खनाल

मुलुकको हरेक परिर्वतनका लागि दलहरु विच सहकार्य : खनाल

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख २७ २०७९


मुलुकको हरेक परिर्वतनका लागि दलहरु विच सहकार्य : खनाल

इलाम । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको हरेक परिर्वतनमा दलहरु एकै ठाउँमा उभिएर सहकार्य भएको बताए । उनले १०४ बर्षिय राणा शासन अन्त्य देखि लिएर मुलुकले संविधान पाएसम्मको घटनाक्रमको स्मरण गर्दै परिर्वतनका लागि दलहरु एउटै मोर्चामा रहेर काम गरेको बताए ।

सूर्योदय नगरपालिकाको कन्याममा गठबन्धनको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ७ सालमा कांग्रेसको क्रान्तिमा सवैको सहकार्यले राणाशासन अन्त्य भएको बताउँदै शसस्त्र क्रान्तिमा रहेको माओवादीलाई साथमा लिएर दोश्रो जनआन्दोलनबाट गणतन्त्र स्थापित भएको बताए । उनले लामो त्याग र बलिदानबाट प्राप्त गणतन्त्र र संविधान माथि केपी ओलीको कदमले खतरा पैदा भएपछि प्रतिगमन विरुद्धका दलहरु एकै ठाउँमा उभिएको बताए ।

‘गठबन्धनको आवश्यकता अझै सकिएको छैन् लामो समयसम्म गठबन्धनलाई लिएर अघि बढ्नुपर्नेछ । स्थानीय निर्वाचनपछि अब संघीय र प्रदेश निर्वाचनमा समेत गठबन्धनलाई अघि बढाउनुपर्नेछ ।’ खनालले भने । स्वास्थ्य प्रतिकुलताका कारण खनालले लामो समयसम्मा भाषण गरेनन् ।

नेकपा माओवादीका केन्द्रिय सदस्य रन्जित तामाङले नेकपा एमालेले जिते गलत प्रवृति ल्याउने बताए । उनले गलत प्रवृति रोक्न दलहरु एकैठाउँ उभिएर गठबन्धन गरेको बताए । उनले स्थानीय तहको निर्वाचनबाट देशभरका गठबन्धन पक्षलाई जिताउन अपिल गरे ।

‘प्रदेश सांसद कागतेको ओजन गठबन्धनको मेयरसंग ढक तराजु राखेर हेर्दा पुगेन् । मिल्छ भने उहाँले ल्याएको पल्लामा केपी ओली नै बसेको भए त्यो पनि भन्न सकिने भएन् ।’ तामाङले भने ‘आफ्नो अनुन्यायीलाई जिताउन खोजेको भए त्यो भन्दा माथिको ७० करोडवाला, यति र ओम्नीहरु केही नभए यहाँ तल जनताले खेदाएको चुम्चुम गर्दै हिडेको दुर्गे प्रसाई नै ल्याएको भए अलि केही वेट (तौल) हुन्थ्यो की ?’

उनले एमालेले उम्मेदवार बनाएको प्रदेश सांसदले मेयर पद समेत गुमाउने चुनौती दिए । तामाङले राजतन्त्र फाल्नका निम्ति देशका सवैदलहरुले गठबन्धन गरेको बताउँदै मुलकुको रुपान्तरणको लागि सवै दल एकै ठाउँमा हुनुपर्ने बताए ।

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले खोल्सा टाल्दा टाल्दै इलाम नगरपालिकाको ५ बर्ष खेर गएको बताए । उनले स्मार्ट सिटी बोकेको इलाम नगर ७० करोड भन्दा बढि नोक्सानमा रहेको बताए ।

नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई लक्षित गर्दै खड्काले भने ‘ सरकार चलाउन नसक्ने विकास निर्माण गर्न नसक्ने सरकारमा बस्दा सभामुख आफैले लेखको संविधान २÷२ पटक विघटन गर्दा चु नबोल्ने अनि प्रतिपक्षी बन्दा सदन चल्न नदिने अनि एमालेलाई भोट के का लागि दिने’ । कार्यक्रममा नगर प्रमुखका उम्मेदवार रणबहादुर राई र उपप्रमुखका उम्मेदवार दुर्गा बरालले आफ्नो ५ बर्षका भावि कार्ययोजना सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार