Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जनताका कुरा नसुन्ने गल्ति गरिए कठालोमा समाएर सडकमा ल्याउँदा कुनै गुनासो हुनेछैन : सूर्योदय नगर प्रमुखका प्रत्यासी काजीमान कागते

जनताका कुरा नसुन्ने गल्ति गरिए कठालोमा समाएर सडकमा ल्याउँदा कुनै गुनासो हुनेछैन : सूर्योदय नगर प्रमुखका प्रत्यासी काजीमान कागते

  • लोकल सन्देश
  • बुधबार, बैशाख २१ २०७९


जनताका कुरा नसुन्ने गल्ति गरिए कठालोमा समाएर सडकमा ल्याउँदा कुनै गुनासो हुनेछैन : सूर्योदय नगर प्रमुखका प्रत्यासी काजीमान कागते

फिक्कल । नेकपा एमालबाट सूर्योदय नगर प्रमुखको प्रत्यासी काजीमान कागतेले जनताका कुरा नसुन्ने गल्ति गरिएमा कठालोमा समाएर सडकमा ल्याएमा कुनै गुनासो नहुने बताएका छन् ।

उनले आफु जनताको माग अनुसार नगर प्रमुखको उम्मेदवार भएको बताउँदै आफु सेवकको रुपमा काम गर्ने उदघोष गरे । कागतेले ५ वर्षमा पर्यटकीय पूर्वाधार निर्माणसँगै निजी क्षेत्रलाई अघि बढाउन पुरानो नेतृत्व असफल भएको आरोप लगाए ।

५ वर्षमा सूर्योदय नगरपालिकालाई व्यवस्थित विकासको नगर बनाउने एजेन्डा लिएर चुनावमा होमिएको बताए । कागतेले आफु निर्वाचित भएपछि नगरपालिकामा नगर प्रमुख भेट्न घण्टौ कुर्नु नपर्ने बताए । उनले २४ सै घण्टा भेट्न सक्ने वातावरण बनाउने बताए । ‘नगरपालिकाको जनप्रतिनिधि शासक बन्ने प्रयास गरे म सेवक भएर काम गर्छु’

उनले भने ‘म रहरले मेयरमा उठेको होइन नगरबासी, उद्योगी व्यवसायी, सबै राजनीतिक दलका सदस्यको आग्रहले उठेको हो । ’ उनले एमाले जित सुनिश्चित भएको बताउँदै घोषणा हुन मात्रै बाँकी रहेको बताए ।

उनले नेकपा एमालेले गरेका कामहरु नै चुनाव जित्ने आधार भएको बताए । कागतेले पार्टी छोड्ने बेइमानीहरु भएकाले उनीहरु आफै बिलाएर जाने चुनौती दिए ।

उनले सिंहदरबारको अधिकार पाइएन, सिंहजस्तो मात्रै भयो भन्ने गुनासो निर्वाचित भएपछि हटाउँने बताए । कागतेले आफ्नो ५ बर्षे कार्यकाल नगरपालिकाको कार्यालय हेरेर निरास हुनुपर्ने अवस्था आउन नदिने बताए ।

https://www.facebook.com/Localsandesh/videos/1370568533429717/

प्रतिक्रिया
सम्बन्धित समाचार