Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संविधानसभा सदस्य शकुन्तला लेप्चा एमालेमा फर्किइन्

संविधानसभा सदस्य शकुन्तला लेप्चा एमालेमा फर्किइन्

  • लोकल सन्देश
  • बुधबार, बैशाख २१ २०७९


संविधानसभा सदस्य शकुन्तला लेप्चा एमालेमा फर्किइन्

माई । संविधानसभा सदस्य शकुन्तला लेप्चा नेकपा एकिकृत समाजवादी छाड्दै पुरानै पार्टी नेकपा एमाले फर्किएकी छन् । २०६४ सालको संविधानसभा सदस्य लेप्चाले पार्टी विभाजन हुँदा नेकपा एकिकृत समाजवादी रोजेकी थिइन् ।

नेकपा (एकीकृत समाजवादी) समर्थित आदिवासी जनजाति महासंघ (समाजवादी)को उपाध्यक्ष रहेकी लेप्चा माई नगरपालिकामा आयोजित नेकपा एमालेको चुनावी सभाबाट पुनः एमालेमा फर्किएकी हुन् ।

उनलाई अबिर र माला लगाएर एमाले उपाध्यक्ष एवम पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले स्वागत गरेका हुन् । इलाममा मात्र बसोबास गर्ने लेप्चा समुदायको प्रतिनिधित्व गर्दै उनले नेपालको संविधान निर्माणमा भुमिका खेलेकी थिइन् ।

नेकपा विभाजनपछि उनी झलनाथ खनाललाई साथ दिँदै नेकपा एस रोजेकी थिइन् । स्थानीय निर्वाचनको संघारमा उनको पुरानो पार्टी प्रवेशलाई अर्थपुर्ण रुपमा हेरिएको छ । लेप्चा २०५६ सालदेखि एमालेको राजनितिमा सक्रिय थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार