Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन : ओली

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन : ओली

  • नमीन ढकाल
  • बुधबार, बैशाख २१ २०७९


एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन : ओली

माई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिले बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म एकछत्र एमाले रहेको दाबी गरेका छन्। इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु तपाईंहरूको छोरा छोरीलाई झण्डा दिनुहोस् र भन्नुस् त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्।’

अहिले जनजनमा एमाले रहेकाले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गरे। उनले पटक(पटक झलनाथ खनाल र माधव नेपाललाई कटाक्ष गरिरहे। ओलीले भने, ‘संसदमा एकपटक मैले शेरबहादुरजीलाई भनेको थिएँ हाम्रा भान्साका बिरालो त तपाईंकोमा देख्छु नि। अलि अलि खान दिनुस् किन पर्खाएर राखेको।’

उनले कार्यकर्ताहरूलाई मतको सम्मान नगर्नेलाई पद दिनु आफूले गल्ती गरेको बताए। ‘पार्टीलाई विश्वास मत नदिने चिया कफी, मम खान बाहिर निस्कने, शेरबहादुरलाई भोट दिन पछाडिको ढोकाबाट छिर्नेलाई किन विश्वास गर्नु’ उनले भने।

ओलीले गठबन्धनलाई कटाक्ष गर्दै ओलीले भने ‘आठ सूर्य सात छाप गठबन्धन पत्तासाफ भएको छ।’ एक दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो नहुने बताए। माधव झलनाथलाई कटाक्ष गर्दै भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा एक २ वटा पात झरेर गयो भन्दैमा न रुख नांगा हुनेछ न पार्टी रितिनेछ। एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन। एमाले लटरम्म फल लागेको पार्टी जस्तो तस्तै हुन्छ।’

उनले माई नगरमा खम्बसिंह लिम्बु र हिमा भण्डारीको टिम अग्रिम रुपमा विजयी भएपनि घोषणाको लागि प्रक्रिया बाँकी रहेको बताए। लारुम्बामा किरात धर्मगुरुलाई भेटेर ओलीले माई नगरपालिकामा सम्बोधन गरेका हुन्।

उनले आज नै झापाको सुरुगांमा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार