इलाम । इलामको चुलाचुली गाउँ पालिका मा १० राजनितिक दलहरुको १ सय ४० जना उम्मेदवार र ३ स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ४३ जना उम्मेदवारलाई निर्वाचन अधिकृतकाे कार्यालय चुलाचुलीले चुनाव चिन्ह प्रदान गरेको छ ।
चुलाचुली गाउँ पालिका वडा नं ५ का गणेश पौडयालको पालिका अध्यक्ष पदको स्वतन्त्र उमेद्वारीको लागि चुनाव चिन्ह पुतली र उक्त वडाको वडाध्यक्ष पदका लागि डम्बर सिं चौहानले गुलाबको फुल र चुलाचुली -२ का स्वतन्त्र उम्मेदवार भिम श्रेष्ठले खरायो चुनाव चिन्ह पाएका छन् ।
त्यसैगरि, निर्वाचन अधिकृतको कार्यालय चुलाचुलीले ठूला राजनितिक दल साथै नयाँ दलहरुका उमेद्वारहरुलाई पनि चुनाव चिन्ह प्रदान गरेको छ ।