Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता

सूर्योदय नगरपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख १६ २०७९


सूर्योदय नगरपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता

फिक्कल । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सूर्योदय नगरपालिकामा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ५ जना वडाध्यक्षको उम्मेदवार सहित वडा सदस्य पदमा उम्मेद्वारी दिएका ३ जनाले पनि फिर्ता लिएका हुन्।

उम्मेदवारी फिर्ता लिनेमा वडा न १३ मा वडाध्यक्षका उम्मेदवार नेकपा एसका दुर्गा बहादुर राई , वडा नम्बर ८ मा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिए रमेश श्रेष्ठ ,वडा न १३ मा स्वतन्त्र उम्मेद्वारी दिएका प्रभुनाथ पौडेल ,मगोंल नेशनल अर्गनाईजेशनबाट वडा न ५ मा वडाध्यक्षमा उम्मेद्वारी दिएका सन्जोक राई वडा नम्बर ७ मा स्वतन्त्रबाट  उम्मेद्वारी दिएका लोकनाथ खडकाले फिर्ता लिएका हुन् ।

वडा न ८ मा उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ नेपाली कांग्रेसका सूर्योदय नगर उपसभापति हुन । वडा नम्बर १३ मा वडा सदस्यका उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका गणेश बहादुर राई वडा नम्बर १२ मा वडा सदस्यमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसकी महिला सदस्य बर्ष लिम्बु र स्वतन्त्रबाट वडा न ७ मा वडा सदस्यमा उम्मेद्वारी दिएका इन्दिरा गजमेरले उम्मेद्वारी फिर्ता लिएका छन् ।

नगर प्रमुख र उपप्रमुखमा गठबन्धन गरेर निर्वाचनमा गएका ५ राजनीतिक दल वडामा एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन । केहि वडामा गठबन्धनका दुई दलबिच भने तालमेल भएको छ । यता वडा नम्बर ९ र ३ मा मात्र उम्मेद्वारी दिएको गठबन्धनमै आबद्ध दल जनता समाजवादी नेपालले भने सूर्योदयमा नगर प्रमुख र उपप्रमुखमा पनि उम्मेद्वारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार