फिक्कल । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकाको विभिन्न वडामा उम्मेदवारी दिएका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार साढे २ बजेसम्म वडाध्यक्ष पदका २ जना र एक जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा वडा नं १३ का स्वतन्त्र वडाध्यक्षका उम्मेदवार प्रभुनाथ पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सूर्योदय नगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार संजोग राई र नेपाली कांग्रेसबाट वडा नं १२ महिला वडा सदस्यकी उम्मेदवार बर्षा लिम्बुले फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ। उम्मेदवारी फिर्ताको समय सकिए लगत्तै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।