रोङ । इलामको रोङ गाउपालिकामा सिमान्तकृत लाप्चा समुदाय बाट तीन जना उम्मेद्वार चुनाबी मैदानमा उत्रेका छन् । सबै उम्मेद्वार नेकपा एमालेका हुन । एमालेले वडा नम्बर ४ मा वडा अध्यक्षमा राजकुमार लाप्चालाइ टिकट दिएर मैदानमा उतारेको छ ।
एमालेले नै वडा नम्बर १ मा टिण्डु लाप्चा र वडा नम्बर ५ मा कर्ण बहादुर लाप्चालाई वडा सदस्यमा प्रतिस्पर्धा गराउदै छ । लाप्चा समुदाय मतलाई आफ्नो पार्न चिल्ला कुरा गरे पनि एमाले बाहेकका अन्य दलले उम्मेद्वारी दिन इच्छा गर्न नसकेको लाप्चा उत्थान मञ्च रोङका सचिब बिरबहादुर लाप्चाले बताए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अञ्जना लाप्चालाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो । उनले ६ सय ३० मत पाएर तेश्रो स्थानमा रहेकी थिइन् । यस पटक गठबन्धनका कारण रोङमा माओवादीले लेप्चा समुदायलाई उम्मेदवार बनाउन नसकेको पार्टी श्रोतले बताएको छ ।
२०६८ सालको जनगणना अनुसार रोङ गाउपालिकामा लाप्चा समुदायको जनसख्या १०६० रहेको छ । जस्मा लाप्चा पुरुष को सख्या ५३७ जना र महिला ५२३ जना रहेको थियो ।