Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा १ हजार ४५६ ले दिए उम्मेदवारी

इलाममा १ हजार ४५६ ले दिए उम्मेदवारी

  • लोकल सन्देश
  • बुधबार, बैशाख १४ २०७९


इलाममा १ हजार ४५६ ले दिए उम्मेदवारी

इलाम : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि इलाममा १ हजार ४५६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका १० पालिकामा ४२५ जना जनप्रतिनिधि निर्वाचित हुनेमा ३ गुणाभन्दा बढीले उम्मेदवारी दिएका हुन्।

इलाममा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४२५ जनप्रतिनिधि निर्वाचित हुनेछन्। तर १० पालिकामा प्रमुखरअध्यक्षका लागि ५९, उपप्रमुखरउपाध्यक्षका लागि ४४, वडाध्यक्षका लागि ३३४, खुला सदस्यका लागि ५५२, महिला सदस्यका लागि २५१ र दलित महिला सदस्यका लागि २१६ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

इलाम नगरपालिकाको प्रमुखमा ६ जना, उपप्रमुखमा ७ जनासहित २ सयजना, चुलाचुलीका अध्यक्षमा ९, उपाध्यक्षमा ६ सहित १५५, देउमाईका प्रमुख र उपप्रमुखमा ५/५ सहित १३५ र फाकफोकथुमको अध्यक्ष र उपाध्यक्षमा ५/५ सहित १२५ जनाको उम्मेदवारी परेको छ।

माई नगरपालिकाका प्रमुखमा ९ तथा उपप्रमुखमा ४ जनासहित २०६ जना, माईजोगमाई गाउँपालिकाका अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ७७ जना, माङ्सेबुङको अध्यक्षमा ४ र उपाध्यक्षमा २७९ जना, रोङको अध्यक्षमा ६, उपाध्यक्षमा ४ सहित १०४ जनाको उम्मेदवारी परेको छ।

सन्दकपुरका अध्यक्षमा ६, उपाध्यक्षमा ३ सहित ८१ जना र सूर्योदयको प्रमुखरउपप्रमुखमा ५र५ जनासहित २९४ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार