Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

माईजोगमाई अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

  • रोशन काफ्ले
  • मंगलबार, बैशाख १३ २०७९


माईजोगमाई अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा अध्यक्षको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षका लागि गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका जितबहादुर राई, नेकपा एमालेका कुशबहादुर थेवे, राप्रपाका कुन्दन पौडेल र स्वतन्त्र बेनुप विक्रम तामाङले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा नेकपा एमालेबाट सावित्रा भट्टराई, गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई र स्वतन्त्र कमला लेप्चाले उम्मेदवारी दिएका हुन् । यस्तै वडाध्यक्षहरुमा एमालेबाट १ नं मा निवर्तमान वडाध्यक्ष याम कार्की गठबन्धनबाट नेपाली कांग्रेसका टेक बहादुर शाह र पदम भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

२ नं मा गठबन्धनबाट नेपाली कांग्रेसबाट निवर्तमान वडाध्यक्ष डम्बर बहादुर सुवेदी एमालेबाट गणेश सुबेदीले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन भने २ नं वडा बाट स्वतन्त्र उम्मेदवारी मन बस्नेतको प्यानलले दिएको छ ।

३ नं मा एमालेको तर्फबाट वीर बहादुर देवान, गठबन्धनबाट कांग्रेसका राम घिमिरे र स्वतन्त्रबाट बसुदा मोक्तान प्रधान सहित टिमले उम्मेदवारी दिएका छन । त्यस्तै ४ नं वडामा गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश भट्टराई एमालेबाट दुरन देवानले उम्मेदवारी दिएका छन् ।

वडा नं ५ बाट एमालेमा निर्मल राई तथा गठबन्धनबाट नेपाली कांग्रेसका बेद प्रसाद चापागाईले उम्मेदवारी दिएका छन् । वडा नं ६ मा एमाले तर्फबाट वडाध्यक्षमा दिपेश सोङ्मी, गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र थेबेले मनोनयन दर्ता गराएका छन् ।

एमालेले पालिका भरी सवै पदमा जम्मा ३२ वटा उम्मेदवारी दर्ता गराएको छ भने गठबन्धनबाट ३२ राप्रपाबाट १ र स्वतन्त्र १२ गरि जम्मा ७७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको माईजोगमाई निर्वाचन अधिकृत प्रेम कुमार काफ्लेले जानकारी दिए ।

माईजोगमाई गाउपालिकामा जम्मा मतदान केन्द्र २० वटा र मतदान स्थल ११ वटा रहेको छ । गाउँपालिकामा ७ हजार ७३८ महिला र ८ हजार ८२८ पुरुष गरि जम्मा १६ हजार ५६६ मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्लो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मीलाई राजिनामा बुझाएर मनोनयन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार