नयाँबजार । माईजोगमाई गाउँपालिका २ नं वडामा स्थानी निर्वाचन २०७९ मा मनोमानी ढंगले जनप्रतिनिधी छानेको बिषयलाई लिएर वडा कमिटीले सामुहिक राजिनामा दिएका छन । पुरानो जनप्रतिनिधि दोहोरिपछि बिबाद बढेको हो ।
जिल्लाले पुरानै उम्मेदवारलाई पुनः सिफारिस गरेपछी वडा कमिटिले सामुहिक राजिनामा दिएको २ नं वडा सभापती चित्र बहादुर थामीले बताए । गठबन्धनबाट समेत मनोमानी गरेका कारण सबैले सामुहिक राजिनामा दिएको उनले बताए।
नेपाली काङ्रेस पार्टीले जन भावना बिपरित वडा जनप्रतिनिधी तोकेपछी सामुहिक राजिनामा दिएको जनाइएको छ । राजिनामा माईजोगमाई गाउकमिटि सभापती नरेन्द्र कुमार देवानलाई बुझाएका हुन् ।
साथै वडा अध्यक्ष मन बहादुर बस्नेत सहित टिमले गाउँपालिका उपाध्यक्षमा कमला लेप्चाले उम्मेदवारी दिएको गाउँ कमिटी सचिव प्रदिप खडकाले जानकारी दिए ।
