Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जनताको माग अनुसार मेरो उम्मेदवारी : काजीमान कागते (भिडियो सहित)

जनताको माग अनुसार मेरो उम्मेदवारी : काजीमान कागते (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १२ २०७९


जनताको माग अनुसार मेरो उम्मेदवारी : काजीमान कागते (भिडियो सहित)

सूर्योदय नगर प्रमुखको लागि नेकपा एमालेबाट काजीमान कागतेले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सांसदबाट राजिनामा दिएर कागतेले सूर्योदय नगर प्रमुखको उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता पछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै कागतेले जनताको माग अनुसार आफु नगर प्रमुखको रुपमा उभिएको बताए ।

प्रदेश सांसद छाडेर किन नगर प्रमुख भन्ने प्रश्नमा पार्टीको कार्यकर्ता भएको हिसाबले पार्टीको आवश्यकता अनुसार वडामा सदस्य पठाएपनि चुनाव काम गर्न तयार रहेको बताए । उनले पार्टी र आम नागरिकहरुले उठ्नुपर्छ भनेर प्रदेशको माननीय हुँदा हुँदै बोलाएको उनले बताए ।

पर्यटकीय नगर भएकाले विकास निर्माणका कुराहरु पर्यटनसंग जोडेर जाने भएकाले ती उठान गर्न उम्मेदवारी दिएको हो । कृषिेको मुख्य चिया, कफि र पशुपालनलाई अघि बढाउने उनले बताए । कृषिलाई अघि बढाउने मुल मुद्धा रहेको बताए ।

उनले मेयरको मात्र नभएर नगर भित्रका टिमले जित्ने आधार बहुदल देखि हालसम्म भएका विकास ओझेलमा नपरेको बताए । उनले आम नागरिकले एमालेको काम देखेकाले जित निकाल्ने बताए ।

https://www.facebook.com/Localsandesh/videos/576754603506015/

प्रतिक्रिया
सम्बन्धित समाचार