फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा अहिलेसम्म ठुला दलले उम्मेदवारी दर्ता गराएका छन् । हालसम्म फाकफोकथुममा १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । दर्ता गर्ने ४ जना स्वतन्त्र सहित १० जना मंगोल नेशनल अर्गनाइजेसनका छन् ।
हाम्रा सहकर्मी लिला सुब्बाले दिएको जानकारी अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले समाचार तयार पार्दा सम्म उम्मेदवारी दिएका छैनन् । गठबन्धनबाट फाकफोकथुममा नेपाली कांग्रेसले अध्यक्ष पाउँदा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।
७ वटा वडा भागबन्डा भएका छन् ।
