Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

किटेनीबाट १४ लाखको मोटर पार्टस् बरामद

किटेनीबाट १४ लाखको मोटर पार्टस् बरामद

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ४ २०७९


किटेनीबाट १४ लाखको मोटर पार्टस् बरामद

इलाम । प्रहरीले मेची राजगमार्गको रोङ गाउँपालिकास्थित किटेनीबाट १४ लाख रुपैयाँबराबरको सवारी साधनका सामान ९मोटर पार्टस्० बरामद गरेको छ। इलामबाट झापातर्फ जाँदैगरेको प्रदेश १–०१–००१ च ७६९१ नम्बरको पिकअप चेकजाँच गर्नेक्रममा बिलबिनाको सामान फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामान र पिकअप पशुपतिनगर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। पिकअपका चालक फरार छन्। पिकअप कसको हो र चालक को हुन् भन्नेबारे पनि खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ।

‘हामी अनुसन्धान पनि गर्दैछौं,’ डिएसपी थापाले भने, ‘भन्सारमा सामान बुझाएपछि भन्सारले आवश्यक कारबाही अघि बढाउँछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार