नयाँबजार । नेकपा माओवादी केन्द्रले इलामको माइजोगमाइ गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र माइजोगमाइ कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
माओवादी केन्द्र पालिका कमिटी अध्यक्ष कुविरमान राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम जिल्ला इञ्चार्ज धिरेन्द्र सर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष तेजबहादूर राईको बिषेश आथित्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपका माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य तथा माइजोगमाइ गाउँपालिका निर्वाचन परिचालन समितिका सह संयोजक गञ्जु प्रधान, वाइ सि एल इलामका इञ्चार्ज बिक्रम लिम्बु लगायतले निर्वाचन परिचालनमा सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रशिक्षणको कार्यक्रम संचालन माइजोगमाइ गाउँपालिका कमिटी सचिव देवी सीवाकोटीले संचालन गरेका थिए ।


