कन्याम । सुर्योदय नगरपालिकाको वडा नम्बर ६ कन्याममा अवस्थित डि छ्याव छेवाङ बौद्ध गुम्बामा धार्मिक प्रवचन सहितको ३ दिने कार्यक्रम सम्पन्न भएको छ। चैत २६ बाट प्रारम्भ गरिएको तथा डि छ्याव छेवाङ बौद्ध गुम्बा व्यवस्थापन समितिको मूल आयोजनामा सम्पन्न कार्यक्रममा काठमाण्डौ स्वयम्भु बाट आएका धर्म गुरु खेन्पो वगिन्द्रिशला नन्दप्रसाद तिम्सिनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा धर्म देशना, बुद्ध वचन, तथा बौद्ध धर्म दर्शन ,परम्परा ,संस्कार सम्वन्धी विशेष प्रवचन साथै गुरु दर्शन छेवाङ आयु अभिषेक सहितका कार्यक्रम हरु राखिएका थिए।
कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता, ६ नम्बर वडाका वडाध्यक्ष शीवकुमार बस्नेत ,१० नम्बर वडाध्यक्ष पेमा उगेन लामा लगायतका अतिथि हरुको विशेष उपस्थिति रहेको थियो । अतिथि हरुले बौद्ध दर्शन र बौद्ध धर्ममा आधारित भई महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।
बौद्ध मार्गीहरुको बाहुल्यता रहेको कन्याम क्षेत्रमा बौद्ध गुम्बाको निर्माण भए देखि नै धार्मिक पर्यटनको समेत सम्भावना बढेको यसै क्षेत्रका प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद काजीमान कागते बताए ।
एक महिना अगाडि मात्रै गठित नयाँ समिति को प्रयासमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको आयोजक तथा व्यवस्थापन समिति सचिव यज्ञराज गिरीले बताए ।विविध सास्कृतिक प्रसतुति हरु समेत रहेको कार्यक्रममा विभिन्न ठाउँ बाट आएका धर्मानुरागीहरुको उल्लास पूर्ण उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।