Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

राजनीतिक मुद्धा स्थापित भए, नेतृत्व स्थापित गरि जनताका काम गर्छौ : माओवादी केन्द्र अध्यक्ष बिजय राई

राजनीतिक मुद्धा स्थापित भए, नेतृत्व स्थापित गरि जनताका काम गर्छौ : माओवादी केन्द्र अध्यक्ष बिजय राई

  • लोकल सन्देश
  • शनिबार, चैत्र २६ २०७८


राजनीतिक मुद्धा स्थापित भए, नेतृत्व स्थापित गरि जनताका काम गर्छौ : माओवादी  केन्द्र अध्यक्ष बिजय राई

तेज बहादूर राई (बिजय) नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामका अध्यक्ष हुन् । शसस्त्र जनयुद्ध पछि बिस्तृत शान्ति संझौता मार्फत शान्ति प्रक्रियामा आएपछि पोहिलो पटक विधिगत रुपमा नयाँ नेतृत्व चयन गर्दै गर्दा उनको हातमा जिल्लाको नेतृत्व पुगेको छ ।
२०६४ को संविधानसभाको निर्वाचनपछि माओवादीमा आकर्षण भइ एमाले, काग्रेस छोडेका धेरै नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएका छन् । संगठनमा काम बनियो पकड बनाएका राजकुमार पौडेल, उमेश अधिकारी, सूर्यवाला राई लगायत कयौँ जनयुद्धमा सँगै लडेका सहयात्री नभएको अवस्थामा माओवादी केन्द्रले कसरी अब कसरी आफ्नो संगठन विस्तार गर्छ यस बिषयमा लोकल सन्देश डट कमका प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानी : 
बैशाख ३० को स्थनीय तहको निर्वाचन तयारी कस्तो छ ?
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र व्यापक रुपमा लागिरहेको छ । खासगरी पार्टीलाई सशक्त रुपमा उपस्थिती गराउन सुदृढिकरण व्यापक रुपमा जनपरिचालनको हिसाबले अघि बढिरहेको छ ।
अहिलेको संविधान र व्यवस्थामा माओवादीको एजेन्डा छन् प्रत्यक्ष राष्ट्रपती बाहेक ? तर माओवादीको संगठन कमजोर कसरी ?
खास गरी विपक्षीहरुले भन्ने कुरा एउटा रह्यो । खास पार्टी सुदुढिकरण र माओावादीले ल्याएको व्यवस्था कार्यान्वयमा नेतृत्वसम्म पुग्न नसकेको सत्य हो । तर फेरी पनि एजेन्डालाई स्थापित गरेर कार्यान्वयनमा पार्टी सत्तामा नेतृत्व नगरेपनि भुमिका शसक्त ढंगले निर्वाह गरिरहेको छ । सन्र्दभमा अन्य दलहरुले भन्ने कुरा खास अर्थ लाग्दैन भन्ने लाग्छ ।
पहिलो स्थानीय चुनावमा माओवादीको रणनीति कमजोर भएर हो की खुल्ला राजनीतिमा लड्ने सिपकला विकास नभएर हो ? पहिलो स्थानीय तहको निर्वाचनको समिक्षा के छ ?
खास गरी स्थानीय तहको चुनावमा निर्वाचनका बिषयबस्तुको जानकार नहुँदाको परिणाम हो की मान्छे समाजले भन्ने होला । तर त्यो सम्म आइपुग्दा कयौ गतिविधि कार्यक्रममा कहि न कहि राजनितिक हिसावले तलमाथी भएको कारण र फेरी पनि स्थापित एजेन्डा पु¥याउन ढिला भयो ।
त्यसकारण पनि परिणाम प्राप्त गरेन् । अहिले आन्दोलनका बिचबाट स्थापित गरेको एजेन्डा कार्यान्वयनमा माओवादी नेतृत्वको बारेमा आम जनताले बुझ्न थालेको छ । त्यसकारण खास गरी बैशाख ३० को निर्वाचनमा परिणाम प्राप्त गर्ने कुरामा माओवादी ढुक्क छ । र अहिले स्थानीय तहलाई केन्द्रित गरेर पार्टी कमिटिका जनवर्गिय संगठन परिचालित छ । दोश्रो पटक हुने गइरहेको चुनावमा हामी निश्चय नै परिणाम प्राप्त गर्ने हिसावमा अघि बढिरहेका छौ ।
बाम गठबन्धन हुँदै नेकपा र अदालतबाट पार्टी विभाजनपछि माओवादीमा क्षयिकरण भएको भन्ने छ । अब माओवादी माथि उठ्ने आधार चाहि के के छन् ?
निश्चय माओवादी र एमाले एकतापछि नेकपा बनेपछि फेरी बैधानिक हिसाले बिभाजन गरियो । कतै न कतै अन्यौलता सृजना भएकै छ । यदपी जसरी भ्रम छरिएको छ । नेकपा विभाजनपछि माओवादी पार्टी क्षयिकरण भयो अब उठ्न सक्दैन भन्ने कुराको भ्रम प्रचार गर्ने बाहना मात्रै हो । जुन आज गोयबल्स शैलीबाट भ्रम छरिरहेको छ यस प्रति नलाग्न आग्रह गर्न चाहन्छु ।
तथ्यमा त्यो छैन् माओवादी पार्टी र एमाले विभाजनपछि थुप्रै दलका साथीहरु खास गरी माओवादी प्रति आर्कषित भएर लामवद्ध रुपमा अघि बढ्ने कार्य भइरहेको छ । खास गरी हामी पहिलो पटक जुन हैसियत कायम गरेका थियौ । यो दोश्रो पटक चुनावमा आइपुग्दा हिजोको हैसियतबाट निक्कै माथि उठेको छ । हामीलाई लाग्छ खास गरी माओवादीमा क्षयिकरण भनिएको छ यर्थाथ र तथ्यमा सत्यता छैन् ।
अध्यक्षले भन्नुभए जस्तै अगाडी बढ्दै जाँदा खेरी कदमहरु चाल्ने कुरामा कदम चाल्न विर्सियौ होला । अघि बढ्ने सन्र्दभमा कदमहरु रोकियो होला तर पनि माओवादीको एजेन्डालाई कार्यान्वय गर्ने कुरा खास गरी संघीय गणतन्त्र, धर्म निरपेक्षता, समावेशी सहभागिता जस्ता मुख्य एजेन्डाहरुलाई कार्यान्वयन गर्ने कुरामा शसक्त ढंगमा अघि बढेकोछ र त्यसलाई परिणामुखी बनाउने कुरामा अहिले जिवनमरणको लडाई नै नभनौ माओवादी पार्टीको एजेन्डा, नीति कार्यक्रम कार्यान्वयनमा नेतृत्व माओवादीको नै आवश्य छ भन्ने कुरा सवैले बुझेका छौ । अहिले माओवादी केन्द्रको चुनावी अभियानलाई सशक्त ढंगबाट अगाडी बढाइरहेका छौ ।
बलिया मुद्धा, टुटफुट भएका माओवादी जुट्ने र फुट्ने क्रममा जागरण कसरी आउन सक्छ ?
स्वभाविक रुपमा हाम्रा संगठन विगतमा हेर्दा वर्तमानमा धेरै सुध्रिएको छ । संगठानिक हिसावले इलाममा उचाई चुमेको छ । समग्रमा अघि बढ्दा टुटफुट र विभाजनबाट जनताहरु निराश भएका थिए । माओवादी साच्चै नै देशको नेतृत्व गर्ने माओवादी मात्र हो भन्ने जनमानसमा पैदा भएको छ । त्यसकारण विगतका घटनाक्रम बाट पाठ सिकेर वर्तमानमा समिक्षाको बाटो बनाएर भविष्यमा हाम्रा कार्यक्रम नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने कुरा र खास गरी एजेन्डाले स्थापित गरेको कुरामा नेतृत्व पैदा गर्ने सन्दर्भमा अघि बढेको छ । हामी के मा विश्वस्त छौ भने हाम्रो पार्टी विगत भन्दा सुदृढ रुपमा अघि बढेको छ । जनताको आर्कषण माओवादी केन्द्रमा छ ।
त्यस कारण विश्वस्त छौ की देशको विकल्प राजनितिक पार्टी माओवादी केन्द्र मात्र हो भन्नेमा जनता विश्वस्त छन् । त्यसका लागि अगाडी बढ्छौ भन्ने कुरामा पुर्ण विश्वस्ता छौ ।
स्थानीय तहमा गठबन्धन गरेर जाने भन्ने सर्कुलर आएको छ । इलाममा गठबन्धन गरेर जाने कुन अवस्थामा पुगेको छ ?
गठबन्धनमा आवद्ध दल तत्कालिन अवस्था केपी शर्मा ओलीको प्रतिगमनको विरुद्धमा अन्य राजनितिक पार्टीहरु एक ठाउँमा उभिए आन्दोलनको आधीवेरी सृजना ग¥यो । त्यो गठबन्धनमा आवद्ध हुने दलहरुले सरकार निर्माण गरिसकेपछि अहिले स्थानीय तह र सवैखाले ठाउँमा गठबन्धनलाई सशक्त रुपमा अघि बढाउने भन्ने एउटा सहमतीका आधारमा केन्द्रिय निर्देशन अनुसार हरेक पालिका, वडामा गठबन्धनलाई परिणाम प्राप्त हुने गरी अगाडी बढाउने र बढाउनुपर्छ भन्न हिसाबमा इलाममा गठबन्धनको छलफल व्यापक रुपमा अघि बढाइरहेका छौ । वडा र पालिकाहरुमा गठबन्धनमा आवद्ध दलहरुको छलफल भइरहेको छ त्यसबाट एउटा समझदारी सहमतीका आधारमा परिणाममुखी बनाउँछौ । र परिणाममुखी बनाउन हिडेका छौ ।
गठबन्धनमा आवद्ध दलहरुले चासो दिन सकेनन् भने माओवादीको रणनीति के हुन्छ ?
त्यो कुरामा खास त्यता तिर सोचिरहेका छैनौ । केन्द्रको जे निर्देशन हो केन्द्रमा आवद्ध सरकारमा आवद्ध दलहरु गठबन्धन प्रति विश्वास गरेर व्यापक र शसक्त बनाउने निर्णय प्रति भरपुर मात्रा विश्वस्त छौ । र इलामको सन्र्दभमा गठबन्धन टुटेर जान सक्छ भन्नेमा कति पनि सोच्न सक्दैनौ । यदपी फेरी गठबन्धन टुटाउनुपर्छ गठबन्धन हुन सक्दैन भन्ने परिणाममा देखिएको सन्र्दभमा छलफल हुन सक्छ । यदपी हामीले इलामका सन्र्दभमा टुट्ने फुट्ने गठबन्धन हुन सक्दैन अथवा अन्य दलहरुले चासो चिन्ता नगरी परिणाममा पुग्न सकिरहेका छैनौ भन्न छ्रैन् । हरेक दलहरुको नेतृत्वमा छलफल व्यापक रुपमा भइरहेको छ । छलफललाई परिणाममुखी बनाउँछौ र खास गरी अहिलेको अवस्थामा प्रतिगमनका विरुद्धमा उभिएका दलहरु र प्रतिगमन पक्षधरहरु बिच लडाई हो । यसलाई परिणाममुखी बनाउने कुरोमा विश्वस्त छौ ।
अब माकेले निर्वाचनमा उम्मेदवार छान्दा कस्तालाई प्राथमिकता दिन्छ । जनताले चासो पुर्वक हेरेका छन् उम्मदेवारी छनौटको मापदण्डहरु के के छन् ?
आज हामीले कयौ हिसाबले घटनाक्रमबाट पाठ सिक्ने कुरा रहन्छ । विगतको पहिलो स्थानीय निर्वाचनमा नेतृत्व समाजले पाएको छ । त्यसबाट परिणाममा जनताले के पाए भन्ने उत्तर खोजिरहँदा नेतृत्वको अपरिपक्वता कयौ हिसावले भएका कमजोरीका कारण आशा गरेका भरोसा गरेका विषय पाउन सकेनन् । तथापी माओवादी केन्द्र सचेत पनि थियो अब्बल नेतृत्व पनि पठाएको थियो । तर परिणाममा माओवादी केन्द्रले बिजय हासिल गर्न सकेन् । जनताले गरेको अपेक्षा पुरा गर्न सकेन् । माओवादी पार्टी के कुरामा प्रष्ट छ भने समाजमा स्थापित नेतृत्वहरु समाजलाई अहिलेको व्यवस्था कार्यान्वयनमा जनतालाई केही दिन सक्छ । जनताको आधारभुत आवश्यकता पुरा गर्न सक्नेहरुलाई अहिले दोश्रो पटकको स्थानीय तहमा नेतृत्व प्रदान गर्ने कुरामा प्रष्ट छ ।
गठबन्धनको बिषयमा निष्कर्ष चाहि कहिले पाउँछ ?
गठबन्धनको बिषयमा स्वभाविक रुपमा व्यापक छलफल अघि बढेको छ । यसलाई तत्काल निश्कर्षमा पु¥याउने र त्यसपछि परिणाममा पुग्ने हिसाबबाट छलफल चलेको छ । चुनावको मिति नजिकिदै जाँदा छलफल व्यापक रुपमा बढेको छ । केन्द्रको निर्देशन अनुसार स्थानीय तहमा परिणाममुखी सम्वाद गरेर निष्कर्षमा पुग्दै त्यसलाई केन्द्रसम्म सकारात्मक हिसाबले पेश गर्दै निर्वाचनमा परिणाममुखी बनाउन प्रयत्न भइरहेको छ ।
माओवादी केन्द्रको हकमा २०६४ मा तेश्रो थियो । पार्टी सदस्य हेर्दा र नविकरण हेर्दा अहिले कसरी तुलना गर्न सक्छौ ?
६४ को सन्र्दभमा सांगठनिक ढाचा अघि बढाउने सन्दर्भमा हामीले विधि प्रक्रियामा कमजोरी भएको थियो । यदपी सांगठनिक सदस्यताको बिषय हेर्दा जुन हिसाबले व्यापकता दिनुपर्ने थियो । ध्यान नपुग्दा हामी चुकेका छौ । आज ७८ सम्म आइपुग्दा संगठनलाई सुदृढ गर्दै, दर्विलो बनाउँदै अघि बढ्ने कुरामा सशक्त ढंगले अघि बढेको छ । र सदस्यता ६४ बाट ७८ सम्म आइपुग्दा धेरै तलमाथि भएको छ । कम सदस्यता थियो सांठनिक संरचनाले हेदौ सानो थियो । आजसम्म आइपुग्दा सदस्यता उतिकै मात्रमा बढेको छ र सांगठनिक संरचना पनि हरेक हिसाबले सेलसम्म व्यापक रुपले बृद्धि भएको छ । यो कुराले हामीले विगत र वर्तमान हेर्दा सुदृढ बनेको छौ भन्नेमा विश्वस्त छु ।
संगठन परिचालन गर्दा गठबन्धन भएन भने सिंगल रुपमा जाँदा माओवादीले कतिवटा वडामा नतिजा निकाल्न सक्छ ?
अनुमान भन्दा पनि तथ्यमा जाउँ । विगत स्थानीय तहको चुनाव थियो स्वभाविक रुपमा माओवादी पार्टीमा साच्चै निराशा पैदा भए जस्तो थियो । अहिलेसम्म आउँदा जिल्ला भरिको सांगठनिक संरचना र अवस्था हेर्दा दोश्रो पटक हुन गइरहेको स्थानीय तहको चुनावमा हामीले अरु दलहरुले जसरी आंकलन गरेपनि एउटा परिणाममा पुग्छौ ।
जहाँ हामी हिजो एउटा वडा जितिरहँदा आज माओवादी पार्टीले एक्लै लड्दा पनि हामी साँच्चे परिणाम प्राप्त गछौ । पार्टीको ध्येय, दृष्टिकोण के छ भने सशक्त ढंगबाट परिणाम प्राप्त गर्नुपर्छ । कम्तीमा आफले एकल हिसाबले चुनाव भाग लिइरहँदा कुनै कुनै गाउँपालिकामाहरुमा आफै परिणाम निकाल्न सक्छौ । वडाहरुमा कम्तीमा पनि २५ वडा जित्ने तयारीका साथ सशक्त अभियान चलेको छ । २५ देखि ३० वडामा परिणाम निकाल्छौ भन्नेमा विश्वस्त छौ । बाँकीमा पालिकाको हकमा उतिकै ढंगबाट परिचालन गरेका छौ । अहिले तत्काल हेर्दा २ देखि ३ पालिकाका सशक्त उपस्थिती हुन्छ र परिणाम प्राप्त गरिन्छ भन्ने विश्वस्त छौ ।
अन्तमा कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?
अहिले हामी स्थानीय तहको चुनावको संघारमा छौ । आज माओवादी हिजोको अवस्थामा छैन् । माओवादी कहि न कहि चुकेको छ । आफ्ना कामकारवाही तिब्र गतिमा अघि बढाउने योजना छ र नतिजा निकाल्ने काममा हामी सबै एक भएर लाग्छौँ । म कार्यकर्तालाई पनि चुनावी गतिविधिमा शसक्त भएर लाग्न निर्देशन दिन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार