इलाम । अखिल (क्रान्तिकारी) इलाम जिल्ला समितिको संगठन निर्माण तिव्र गतिमा अघि बढाईएको छ । २०७८ चैत्र १२ गते जिल्लाको बिस्तारित बैठक सम्पन्न गरि स्थानीय तह निर्वाचन कमाण्ड इन्चार्ज तोकिएर जिम्मेवारी वाडफाड भए पछि संगठन निर्माणमा जुटेको हो ।
साथै निर्वाचनमा बिद्यार्थी संगठनको भुमिका प्रभावकारी वनाउने र आफ्ना पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा जिल्ला व्यापी रुपमा सक्रिय बनेको अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य विपिन पोख्रेलले वताए ।‘जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी बन्ने र बनाउने अभियानमा लागेका छौ र सबै विद्यालयका परिवर्तन चाहने विद्यार्थीहरुलाई क्रान्तिकारीमा संगठित गराउदै जाने अभियान सञ्चालन गर्न लागेका हौ’ केन्द्रीय सदस्य पोख्रेलले भने ।
इलाम नगरपालिका, चुलाचुली गाउँपालिका , देउमाई नगरपालिकामा अहिले संगठन बनाइ राखिएको र बाँकी रहेका पालिकामा तत्कालै संगठन निर्माण गरि चैत्र मसान्त भित्र सबै पालिकाको सम्मेलन वा भेला सम्पन्न गरिने कार्ययोजना बनाएर अघि बढेको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नयन बान्तवा राईले जानकारी गराए । स्थानिय निर्वाचन नजिकिदै गर्दा संगठन निर्माण, भेला ,सम्मेलन धमाधम सञ्चालन हुनुले निर्वाचन तातेको छ ।