Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा एमालेबाट नगर प्रमुखमा को अघि लगाउँला ? यस्तो छ सम्भावना

सूर्योदय नगरपालिकामा एमालेबाट नगर प्रमुखमा को अघि लगाउँला ? यस्तो छ सम्भावना

  • सुजन तिमसिना
  • शुक्रबार, चैत्र १८ २०७८


सूर्योदय नगरपालिकामा एमालेबाट नगर प्रमुखमा को अघि लगाउँला ? यस्तो छ सम्भावना

फिक्कल । स्थानीय तहमा दोस्रो कार्यकालका लागि चुनावको मिति नजिकिँदै जाँदा इलामको ठुलो दल नेकपा एमाले भित्र उम्मेदवार चयन अहिले चर्चामा छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा १० मध्ये ७ पालिकामा प्रमुख उपप्रमुख जितेको एमालेले २ गाउँपालिकामा उपप्रमुखमा बिजय हासिल ग¥यो । अहिले एमालेले १० पालिका मध्ये सूर्योदयलाई विशेष महत्वको साथ हेरेको छ ।

पार्टी विभाजन भएपछि सबैभन्दा ठुलो धक्का एमालेले सूर्योदय नगरपालिकामा व्यहोरेको छ । एमाले अध्यक्ष केपि ओलीले संसद विघटन गरेपछि नेकपाको विभाजन, अदालतबाट एकता गरिएको पार्टी विभाजन र एमाले विभाजन भएपछि इलाममा २ स्थानीय तहका प्रमुख सहित ५७ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादी पार्टीमा उभिए ।

नगर प्रमुख सहित ९ जना वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य गरी ५७ जनाले एकिकृत समाजवादी रोजेपछि अहिले सूर्योदय नगरपालिका अहिले चासो पुर्वक हेरिएको छ । एमालेको सूर्यचिन्हबाट निर्वाचित भएका अधिकांश जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि एमाले र एकृकित समाजवादी पार्टीले आफ्नो प्रतिष्ठाको स्थानीय तहको रुपमा सूर्योदय नगरपालिकालाई लिएका छन् ।

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र, १ नम्बर प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वाको गृह नगर रहेको सूर्योदय नगरपालिकामा मतदाता पनि धेरै छ । जसका कारण चासो पुर्वक देश विदेशमा रहेका नेपाली नागरिकले बैशाख ३० मा हुने स्थानीय तहलाई लिएका छन् ।

बलियो संगठन भएको एमाले फुटेपछि एमालेलाई जित्नैपर्ने चुनौती छ भने एकिकृत समावादी पार्टीलाई फुटको औचित्य पुष्टि गर्न चुनाव जित्नुपर्ने हुन्छ ।
एमालेका संम्भावित नगर प्रमुख
इलाममा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको एमाले पार्टीमा सूर्योदयको नेतृत्वका लागि अहिले तीन जनाको चर्चा छ । स्थानीय चुनाव एमालेबाट आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा प्रदेश सांसद काजीमान कागते, अहिलेकी नगर उप–प्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष होम कार्कीको अहिले चर्चा छ । अहिले एमालेबाट नगर प्रमुख बन्नेहरुमा प्रदेश सांसद काजीमान कागते वडा नम्बर ७ का स्थायी बासिन्दा हुन् । उपप्रमुख दुर्गादेवी भट्टराई वडा नम्बर ८ निवासी हुन् । भने होम कार्की वडा नं ३ का स्थायी बासिन्दा हुन् ।

काजिमान कागते पुर्वी इलामको चर्चित नाम हो । उनी अघिल्लो निर्वाचनमा समेत नगर प्रमुखको आकांक्षी थिए । यदपी सूर्योदयमा उम्मेदवारी नपाएपछि उनलाई पार्टी प्रदेश सभामा पठाएको थियो । तत्कालिन मालेबाट २०३६ सालबाट राजनीनितिक यात्रा शुरु कागतेले २०४७ सालमा पार्टी संदस्यता लिएर राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् ।

पार्टीको युवा संघ, किसान संघ, गाउँ पार्टी कमिटी हुँदै स्थानीय निकायको तहमा वडाध्यक्ष हुँदै साविक कन्याम गाविसको उपाध्यक्ष समेत भएपछि जनताको काममा सक्रिय भएपछि निकै लोकप्रियता कमाएका छन् । संघीयता अघिको इलाम क्षेत्र नं १ को नेकपा एमालेको अध्यक्ष समेत भइसकेका कागते विकास र सामाजिक काममा राजनीति भन्दा माथि उठेर काम गर्दै आएकाले विपक्षी दलमा उनका आलोचकहरु कमै छन् । व्यक्ति मत समेत धेरै तान्ने भएकाले एमालेका बहुसंख्यक कार्यकर्ताले प्रदेश सासंद काजिमान कागतेलाई मेयरको टिकट दिनुपर्ने बताउँदै आएका छन् ।

एमाले पार्टीले नगर प्रमुखमा अहिलेको नगर उप प्रमुख दुर्गादेवी भट्टराईलाई पनि संभावना छ । एमाले विभाजन हुँदा धेरै जनप्रतिनिधिहरु नेकपा एकिकृत समाजवादीमा सनाखत गराएको अवस्थामा दूर्गादेवी भट्टराईले एमाले छोडिनन् । अहिले उनी नै एमालेको सूर्योदय नगर अध्यक्ष छन् । पार्टी संकटमा परेका बेला जिम्मेवारी सम्हालेर संगठन बनाउन लागि परेकाले उनैलाई नगरको जिम्मेवारी दिने अवस्था हुने एमालेका नगर स्तरीय एक नेताले बताए ।

ती नेताका अनुसार–‘जनतामा लोकप्रिय मानिएका प्रदेश सासंद काजिमान कागतेलाई नगर प्रमुखको टिकट दिएर दुर्गादेवीलाई नै उप–प्रमुख बनाइ चुनावमा अघि बढ्ने सक्छ ।’ काजिमान कागते र दुर्गादेवी भट्टराई नगर नगर प्रमुखमा उभिने मन नगरे चुनावमा एमालेले नगर प्रमुखको रुपमा वडा नम्बर ३ का वडाध्यक्ष होम कार्कीलाई अघि सार्ने सम्भावना छ ।

संगठनमा आक्रमक शैलीले लाग्ने कार्कीले धेरै मतान्तर सहित २०७४ को स्थानीय तहको चुनावमा वडाध्यक्षमा विजयी भएका थिए । नेकपा एमालेको सुर्य चिन्हबाट विजयी भएका १० वडाध्यक्ष मध्ये कार्की मात्रै अहिले एमालेमा छन् । बाँकी ९ वडाध्यक्ष एमाले फुटेर बनेको नेकपा एकिकृत समाजवादीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार