नयाँबजार । नेकपा एकीकृत समाजबादी निकट जनवर्गीय संगठन युवा संघ नेपाल माईजोगमाई कमिटीले आज पुर्णता पाएको छ। गाउँपालिकाकाे केन्द्र नयाँबजारमा एक कार्यक्रमका विच राज कुमार राई (बिमल ) को अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी गठन गरेकाे हाे ।
सचिव महेश राई, सहसचिव देब बिष्ट, माेहन सुबेदी रहेका छन् । युवा संघ नेपाल केन्द्रिय सदङ एबम इलाम जिल्ला अध्यक्ष महेस तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एस प्रदेश कमिटी सदस्य टेक बा राई जिल्ला सचिवालय सदस्य जित बा राईकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
माईजोगमाई पाटी अध्यक्ष जित बा निरौला अनेरास्ववियू जिल्ला कमिटी उपाध्यक्ष रतन थामी लगायत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो। आज नै अस्मिता शेर्पाकाे अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ माईजोगमाई कमिटी घाेषणा भएकाे छ ।