नयाँबजार । इलामको माइजोगमाई गाउँपालिका–१ प्रेमेजुङ्गमा स्थानियले समातेको चरिबाघ सव डिभिजन वन कार्यालय नयाँबजारलाई जिम्मा लगाइएको छ । सोमबार साँझ समातिएको उक्त चरीबाघ सोमबार राती नै सव डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीलाई जिम्मा लगाइएको हो ।
सोमबार साँझ करिब साढे आठ बजेको समयमा स्थानिय बेद प्रसाद पौडेलको बाख्राको खोरमा देखिएको उक्त चरी बाघ सोही स्थान बस्ने बर्ष २८ का कृष्ण बहादुर थापाले पक्रिएका थिए। चरीबाघ सोमबार बेलुका करिब १२ बजेतिर सकुशल सब डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीको जिम्मा लगाइएको छ ।
इलामको माईजोगमा,सन्दकपुर लगायतका क्षेत्रमा बन्यजन्तुको आक्रमण मौलाउँदै गएको छ । यस अघि पनि थुप्रैका गाईवस्तु र बाख्रा मारेको भन्दै स्थानिय त्रसित छन् । समस्या समाधानमा स्थानिय सरकारको कुनै पहल नदेखिएको पिडित बताउँछन् ।