Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जन्मभुमिमा राष्ट्रियसभा सदस्य बस्नेतलाई बधाई कार्यक्रम

जन्मभुमिमा राष्ट्रियसभा सदस्य बस्नेतलाई बधाई कार्यक्रम

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १३ २०७८


जन्मभुमिमा राष्ट्रियसभा सदस्य बस्नेतलाई बधाई कार्यक्रम

इलाम । इलाम नगरपालिका–१ साखेजुङमा नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य गोपाल बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । साखेजुङका बासिन्दा समेत रहेका बस्नेतलाई नेपाली कांग्रेस वडा कमिटीले कार्यक्रमको आयोजना गरेर बधाई दिएको हो ।

वडा सभापति गायत्रीराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले आफ्नो जन्मुभुमिको माटोमा बधाई थाप्न पाउँदा गर्व महसुस गरेको बताए । उनले जन्मुभुमिमा पाएको आर्शिवादलाई सधै आत्मसात गर्दै अघि बढ्ने बताए । उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सरकारी तवरका साथै व्यक्तिगत रुपमा समेत सेवा गर्न तयार रहेको बताए ।

बस्नेतले भरपर्दो कार्ययोजना सहित आएको खण्डमा एम्बुलेन्स प्रदान गर्न तयार रहेको धारणा राखे । उनले साखेजुङ क्षेत्र जन्मुभुमि भएकाले पनि राजनिति भन्दा माथि उठेर सेवा गर्नका लागि आफु तयार रहेको बताए । कार्यक्रममा बोल्दै क्षेत्र नं २ (क) का उपसभापति मोहन कुमार गुरुङले साखेजुङ क्षेत्रको विकासमा बस्नेत परिवारको योगदान सम्मानयोग्य रहेको बताए ।

उनले साखेजुङ क्षेत्र र समग्र इलामेली जनता र कांग्रेसीको स्वास्थ्य शिक्षा र औद्योगिकरणको उत्थानका लागि आश राखेको बताए । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि गोविन्द ढकालले औद्योगिक र निजि क्षेत्रको दिर्घकालिन समस्या पहिचान गरी निराकरण र बढ्दो युवाहरुको पलायन रोक्नका लागि उचित कार्ययोजनाको अपेक्षा रहेको बताए ।

कार्यक्रममा झापाका युवा व्यवसायी विनोद बस्नेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम टेकेन्द्र बस्नेतले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार