Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र देउमाईको अध्यक्षमा प्रधान

माओवादी केन्द्र देउमाईको अध्यक्षमा प्रधान

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १२ २०७८


माओवादी केन्द्र देउमाईको अध्यक्षमा प्रधान

मंगलबारे । नेकपा माओवादी केन्द्र देउमाईको अध्यक्षमा अशोक प्रधान चयन भएका छन् । आज सम्पन्न पार्टीको विस्तारित भेलाले प्रधानलाई नेतृत्वको जिम्मा दिँदै पुन गठन गरेको हो । उपाध्यक्षमा ताराबाबु सुवेदी हुरी, टिकाराम बराइली र टिकाराम बस्नेत र सचिव आकाश लिम्बु चयन भएका हुन् ।

पार्टी इन्चार्जमा सोनाम राई रहेका छन् । पार्टीले विभिन्न जनवर्गिय संगठनको नेतृत्व र इन्चार्ज समेत तोकेको छ । युवा इन्चार्ज जिवन राई, वाइसिएल अध्यक्ष मिरा गुरुङ, शिक्षक अध्यक्षमा प्रकाश निरौला र सचिव मणी राईलाई जिम्मा दिइएको छ ।

आगामी चुनावमा पार्टीलाई दर्विलो बनाउन १० दिने अभियान संचालन गरिने अध्यक्ष प्रधानले जानकारी दिए । उनका अनुसार चैत्र १८ गते ९ वटै वडामा बैठक राखिने भएको छ । सबै वडामा पार्टी कमिटी, सेल कमिटी, टोल कमिटी र जनवर्गिय संगठनको भेला आयोजना गरिने भएको छ ।

पुर्व बरिष्ठ उपाध्यक्ष अशोक प्रधानको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि पार्टीको प्रदेश कमिटी सदस्य उर्मिला तामाङ चन्दा र विशेष अतिथि राम राई रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार