काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नगरी चुनाव जित्न गाह्रो रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले माओवादी–एमाले फुटेकाले हामी जित्छौँ भन्ने सपना नदेख्न आग्रह गरे।
‘माओवादी–एमाले फुटेकाले हामी जितिहाल्छौं भन्ने नसोचे हुन्छ, फेरि मिल्दियो भने निरु ओली कमजोर छ भन्ने झुटा कुरा हो, ओलीजीको पार्टी अझै धेरै बलियो छ।’ देउवाले भने, ुफेरि प्रचण्ड हार्न चुनाव लड्छन्रु जहाँ सजिलो हुन्छ त्यहिँ मिलिदिन्छन् नि । हामीले लखेटेको लखेट्यै गर्यो भने कहाँ जान्छन् त ?
उनले गठबन्धनमा जोड गर्नुमा आफ्नो कुनै स्वार्थ नरहेको समेत प्रष्ट्याए। ‘पहिला हामी हारेको हो कि होइनरु शेखरजी हारेको होइनरु सबै साथी जितून् भन्दा मै बदमासरु मैले के बिगारेको छु र !’ उनले भने, ‘पार्टी नहारोस् भन्ने मेरो चिन्ता हो। मलाइ धेरै राजनीति गर्नु पनि छैन, उमेर पनि भइसक्यो। हामी सबै मिलेर पार्टीलाई बलियो बनाऔं।’
सोही कार्यक्रममा नेता शेखर कोइरालाले गठबन्धन गर्दै जाँदा कांग्रेस भारतको कांग्रेस आईजस्तो हुनसक्ने शंका व्यक्त गरे। ‘गत चुनावमा एमाले र माओवादी एकैठाउँमा उभिए, अहिले ती नमिलुन् भन्ने हाम्रो चिन्ता हो। तर गठबन्धन गर्दा नेपाली कांग्रेसको विचार, सिद्धान्त कमजोर हुन्छ कि भन्ने चिन्ता हामी सबैलाई लागेको छ।’
कोइरालाले भने, ‘भारतको कांग्रेस आई म सम्झिन्छु, १० वर्ष पहिलाको कंग्रेस आई आज गठबन्धन गर्दा गर्दै चारैतिर कमजोर भएको अवस्था छ।’