Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन’ :आङ्दाम्बे

कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन’ :आङ्दाम्बे

  • लोकल सन्देश
  • बुधबार, चैत्र ९ २०७८


कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन’ :आङ्दाम्बे

इलामः नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले नेपाली कांग्रेसका कार्यकर्ताले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा झलनाथ खनाललाई गठबन्धनको उम्मेद्वार बनाउने हल्ला निराधार रहेको  प्रष्ट पारेका छन् ।
घरघर जाऔं कांग्रेस जिताउँ भन्ने अभियानको क्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न १ ‘क’ले माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै विपक्षीले चलाएको हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।
उनले भने ‘इलाममा काग्रेसका कार्यकर्ताले नेकपा एकिकृत समाजवादीको नेता झलनाथ खनाललाई भोट हाल्ने दिन आउदैन ।’ उनले अधिवेशनको मनमुटाव बिर्सेर अघि बढ्नु पर्ने बताए ।
चौधौ महाधिवेशन पछिको कांग्रेस रुपान्तरीत कांग्रेस भएको उनको दावी छ । उनले  अहिलेको अभियानले ७५३ स्थानीय तहलाई जोडेर उत्साहको संचार गरेको बताए ।  उनले पार्टीको घोषणा पत्र निर्माण लगायतको काम केन्द्रमा भइरहेको जानकारी गराउँदै स्थानीय आवश्यकता अनुसारको स्थानीय घोषणा पत्र निर्माणमा लाग्न आग्रह गरे ।
कांग्रेसमा प्रचार गरिएजस्तो मतभिन्नता नरहेको बताए । उनले भने ‘अहिले कांग्रेस एक ढिकका भएर उभिएको छ, यो प्रकारको एकमत यस अघि कहिल्यै थिएन ।’
उनले कांग्रेसलाई गाली गर्ने सबै विपक्षहरु अहिले कांग्रेससंग आश्रय खोजी रहेको बताए ।
उनले भने ‘ उनीहरु कांग्रेसको सहारामा अर्को कम्युनिष्ट भन्दा ठूलो दल बनने प्रयासमा छन् ।’  सो अवसरमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्र न १ ‘क’को कार्यलयको उद्घाटन गरिएको थियो ।प्रदेश सभा सभापति मैया लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रतिनिधि सरिता प्रसाईले केन्द्रिय समितिले आव्हान गरेको एक महिने अभियानमा लाग्न सबैलाई आग्रह गरिन ।
कार्यक्रममा जिल्ला सभापति डम्बर खड्का, नेता भेषराज आचार्य, केशब थापा, हिमालय कर्माचार्य नेपाली कांग्रेस क्षेत्र न १ का सभापति शमशेर  राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार