Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमसीसीलाई दुष्प्रचार गरियो : सभापति उद्धव थापा

एमसीसीलाई दुष्प्रचार गरियो : सभापति उद्धव थापा

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १ २०७८


एमसीसीलाई दुष्प्रचार गरियो : सभापति उद्धव थापा

इलाम । नेपाली काँग्रेस प्रदेश १ का सभापति उद्धव थापाले काँग्रेसले अबको निर्वाचनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई काँग्रेसको मुद्धा बनाउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसीलाई काँग्रेसले चुनावी एजेण्डा बनाएर लैजानुपर्ने बताए । प्रदेश कमिटिको जिल्ला दौडाहा कार्यक्रम अनुसार मंगलबार कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न इलाम आइपुगेका थापाले यस्तो बताएका हुन् ।

सभापति थापाले एमसीसी गलत र राष्ट्रघाती नभएको दाबि गर्दै एमसीसीलाई कम्यूनिष्टले दुष्प्रचार गरेर भ्रम छरीरहेको आरोप समेत लगाए । उनले एमसीसी संसदबाट पारित भइसकेकाले कम्यूनिष्टले एमसीसीका बारेमा छरेका भ्रमलाई काँग्रेसले चिर्नुपर्ने उल्लेख गरे । थापाले आउँदो स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै जुट्नु पर्नेमा जोड दिए ।

उनले उम्मेद्धारको इच्छा राख्न चाहनेले पहिला आफू जित्ने आधार तय गर्दै संगठन बलियो बनाएर लैजान सुझाव दिएका छन् ।
काँग्रेसलाई जिताउन पार्टी एक भएर हिँड्नुपर्छ
यस्तै कार्यक्रममा काँग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईले तीनै तहमा काँग्रेसलाई जिताउन पार्टी एक भएर हिँड्नुको बिकल्प नभएको नभएको दाबि गरे । उनले काँग्रेसलाई भैंसि खेल्ने आहाल हैन, डल्फिन बस्ने महासागर बनाउनु पर्नेमा जोड दिए । राईले उम्मेद्धारको आकाङक्षी धेरै हुने भएकाले तल्लो तहबाट उम्मेद्धारको नाम सिफारीस गर्दा चुनाव जिताउन पर्ने किसिमको ब्यक्तिलाई उम्मेद्धारको टिकट दिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार