Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माओवादी छाडेर एमाले रोज्नेको घरज्वाई जस्तै बेहाल : दिपशिखा

माओवादी छाडेर एमाले रोज्नेको घरज्वाई जस्तै बेहाल : दिपशिखा

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २८ २०७८


माओवादी छाडेर एमाले रोज्नेको घरज्वाई जस्तै बेहाल : दिपशिखा

इलाम । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले माओवादी पार्टी छाडेर एमाले जानेहरु घर ज्वाई जस्तो बेहाल भएकाे बताएका छन् । माओवादीका केन्द्रिय सदस्य समेत रहेका उनले अहिलेको अवस्थामा समेत माओवादी केन्द्र बलियो भएकाले केही चोइटिएर गएपनि पार्टी अझै पनि मजवुत नै रहेको बताए ।

वाइसिएल इलामको जनयुद्धका सहिदहरुको परिवार सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई कसैको बैशाखी आवश्य नरहेको जिकिर गरे । उनले माओवादी पार्टी अझै पनि बलियो रहेकाले आगामी चुनावमा ३ सय स्थानीय तहमा सान्दार बिजयी हासिल गर्ने जिकिर गरे ।

उनले अहिलेको अवस्थामा प्रचण्डकै साहसिक कदमका कारण प्रतिगमनकारी शक्ति निस्तेज भएको उल्लेख गरे । ‘समय सापेक्ष रुपमा कमरेड प्रचण्डले सहि समयमा पहल कदमी लिनुभएको छ । माओवादीको लाइन एमसीसी विरुद्ध नै हो । माओवादी एक्लैको बलले एमसीसी पास गर्नेका लागि रोक्न सम्भव नभएकाले संसोधनका बुदा सहित अघि सारिएको हो । ’

उनले भने ‘ माओवादीले जोखिमपुर्ण कदम नलिएको भए काँग्रेस एमालेले सिधै पास गर्थे तर माओवादीको बलमा संसोधन सहित पास भएको हो । ’ उनले प्रचण्डको तार्किक बुद्धिका कारण सरकार र गठबन्धन जोगिएको उल्लेख गर्दै अमेरिकाले सर्त पालना नगरे जति बेला पनि खारेज हुन सक्ने बताए । उनले सहिदहरुको बलिदानीले पार्टी निर्माण भएकाले कसैलाई आँखा नलगाउन चेतावनी दिए ।

उनले केपी ओलीले अहिले रामराज्यको नाम लिएर रथ हाकिँरहेकाले अबको केही समयमा उनलाई राम मन्दिरमा पुजारी राखिने बताए । वाइसिएल जिल्ला संयोजक कमल दुलालको अध्यक्षतामा भएको कार्यक्रममा दिपशिखाको प्रमुख आतिथ्यता र माओवादी केन्द्र जिल्ला सहसंयोजक हर्कबहादुर लावती ‘कान्छा’ पार्टी संयोजक सोममाया राई सिन्धु, सचिव तेजबहादुर राई बिजय, वाइसिएल विदेश विभाग प्रमुख मिङ्मादण्डु शेर्पा, एविराज राई, वाइसिएल प्रदेश संयोजक डम्बर पुलार्मी कर्म लगायतकोको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य, विभिन्न पालिकाका अध्यक्ष, जनवर्गिय संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

वाइसिएल जिल्ला इन्चार्ज बिक्रमबाबु लिम्बुको स्वागत रहेको कार्यक्रमको संचालन जिल्ला सचिव छत्र दलार्मीले गरेका थिए । कार्यक्रममा १० वटै पालिकाबाट १० बर्षे शसस्त्र जनयुद्धका क्रममा सहादत पाएका एवम वेपता योद्धाहरुको परिवारलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार