Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कन्याममा डि छ्याब छेवाङ बौद्ध गुम्बाको साधारणसभा

कन्याममा डि छ्याब छेवाङ बौद्ध गुम्बाको साधारणसभा

  • गोपाल गिरी
  • शनिबार, फाल्गुन २८ २०७८


कन्याममा डि छ्याब छेवाङ बौद्ध गुम्बाको साधारणसभा

कन्याम । वरिपरि चिटिक्क परेका अनेकौ कला, कौशल र शैलीले सजिएका रंगिन घरहरु बाह्रमासे सडक छेउ छेउमै बनेका पर्यटकलाई भुलाउने कटेजहरु झट्ट हेर्दा सानोतिनो बजारको झल्को दिने त्यस्तो ठाउँ जहाँ हरियो कार्पेट विछ्याए झै लाग्ने सलक्क मिलेको चिया बगानले चारै तिर फिजाएको हरियाली र यसैको ओतमुनि बहु जातीय , बहु भाषिक, बहु सांस्कृतिक वहुलताले युक्त जात जातिको बसोबास ।

यस्तै छ कन्याममा अवस्थित पवित्र डि छ्याव छेवाङ् बौद्ध गुम्बा परिसरको यथार्थ चित्रण । तामाङ जातिको बाहुल्यता रहेको यस ठाउँमा निर्मित डि छ्याब छेवाङ बौद्ध गुम्बाको पहिलो साधारणसभा सभा आज सम्पन्न भएको छ । गुम्बा प्राङ्गणमा भएको बृहत् कार्यक्रम समितिका निवर्तमान अध्यक्ष सुरेन्द्र मोक्तान अध्यक्षता तथा प्रदेश सासंद काजीमान कागतेको प्रमुख अतिथ्यतामा भएको हो ।

कन्यामका बासिन्दा समेत रहेका कागतेले पर्यटकीय नगरी को रुपमा रहेको ठाउँले धार्मिक कुरालाई पनि संगसंगै जोडेर लग्नुपर्ने विचार व्यक्त गरे ।“सुर्योदय नगरपालिकाले एउटा कुरालाई मात्र होइन यहाका धार्मिक सांस्कृतिक कुराहरुलाई पनि सगै लग्नुपर्छ र मात्र धार्मिक पर्यटनको विकास सकिन्छ ।’ उनले भने

झन्डै १०वर्ष अघि कन्यामका धर्मानुरागी युवा ,शिक्षक तथा संगीत सर्जक पनि रहेका तेजेन्द्र तामाङको निवासमा ल्होसार पर्व मनाउने क्रममा गुम्बा निर्माणको परिकल्पना गरिएको र यसले साकार रुप लिएको भन्दै यस क्षेत्रका धर्मप्रेमीहरुले प्रसन्नता व्यक्त गरे । कार्यक्रममा आज सम्मका कार्य प्रगति विवरण प्रस्तुत गरिएको थियोे भने ३२ लाख ५९ हजार ९ सय ८७ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियोे ।

आजै परानो समिति लाई विघटन गर्दै ५ वर्षको लागि १३सदस्यीय नयाँ गुम्बा व्यवस्थापन समिति समेत गठन गरिएको छ । छिरिङ तामाङको संयोजकत्वमा गठित निर्वाचन समितिले छलफलबाट विभिन्न पदको लागि प्रस्तावित नामहरुबाट अध्यक्षमा जगत तामाङ ,उपाध्यक्ष रविन मोक्तान ,सचिव यज्ञराज गिरी, सह सचिव पूर्णबहादुर तामाङ ,कोषाध्यक्ष लक्ष्मी तामाङ रहेका छन् ।

सदस्यहरुमा निमा तामाङ ,फुर्तेन्जी शेर्पा ,सोमबहादुर तामाङ ,तारा तामाङ ,उर्गेन तामाङ ,नरमाया तामाङ ,वेदप्रसाद अधिकारी ,चन्द्रसिं तामाङ लगायत रहेका छन् । कार्यक्रममा गुम्बा निर्माण अवधिमा विभिन्न तरहले सहयोग गर्ने ५० भन्दा बढी लाई प्रमाणपत्र तथा खदा ओडाएर सम्मान गरिएको थियोे । कार्यक्रम सन्चालन समिति का निवर्तमान सचिव तेजेन्द्र तामाङ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार