Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रामका बा ठोरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए : केपी ओली

रामका बा ठोरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए : केपी ओली

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २७ २०७८


रामका बा ठोरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए : केपी ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन् । पोखरामा प्रेस चौतारीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।’

उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए। ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने रु राम राज्य कस्तो थियो रु कसैलाई थाहा छैन’, उनले भने । सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार