Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आर्थिक अभावका कारण इलामको एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर बन्द

आर्थिक अभावका कारण इलामको एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर बन्द

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २५ २०७८


आर्थिक अभावका कारण इलामको एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर बन्द

इलाम । इलाम सदरमुकाम स्थित सिङफ्रिङ्गमा सञ्चालनमा रहेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर आर्थिक अभावका कारण डेढ बर्ष पनि राम्ररी सञ्चालनमा नआउँदै बन्द भएको छ । निकै तामझामका साथ डेढबर्ष अघि अस्पतालको उद्घाटन गरिएको थियो ।

तर तीनजनाको संयुक्त लगानीमा स्थापित अस्पताल सञ्चालनका क्रममा लगानीकर्ता बीचको आन्तरीक बिबाद, कोरोना कहरका कारण सेवाग्राहीको चाप कम र अस्पताल सञ्चालनमा आर्थिक कठिनाई भएपछि पूर्णरुपमा अस्पताल बन्द भएको छ । एक सुचना जारी गरि अस्पतालको सेवा अनिश्चित समयका लागि बन्द गरिएको भनिएको छ तर त्यहाँ जडान गरिएका उपकरण अन्यत्रै लान सुरु गरिएको छ ।

स्थापनाको समयमा सो अस्पतालले फिजिसियन, अर्थोपेडिक, स्त्रीरोग र रेडियोलोजीको सेवा दिदैं आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार