Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नारी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

नारी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

  • लोकल सन्देश
  • मंगलबार, फाल्गुन २४ २०७८


नारी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

माई । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा माई नगरपालिकामा वडा स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागको आयोजनामा भएको प्रतियोगितामा नगरका दशै वडाका विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ४१ अंक जोड्दै वडा नं ७ ले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार प्राप्त गरेको छ । ३८ अंक प्राप्त गरेको वडा नं २ दोश्रो, ३७ अंक प्राप्त गरेको वडा नं १ तेश्रो र ३३ अंक प्राप्त गर्दै वडा नं ६ सान्तवना भएको थियो । दोश्रो र तेश्रो हुनेले क्रमश ३ हजार र २ हजार प्राप्त गरे । कार्यक्रमको मध्यान्तर मा युवा शसक्तिकरण माई नगर समूहले फर्मुला नामक लागू औषध बिरुद्दको सडक नाटक प्रस्तुत गरेको थियो।

पार्वता फुएलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नगर प्रमुख दिपक थेवेको प्रमुख आतिथ्यता र उपप्रमुख विष्णुमाया रिमाल आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख सीता लावती, शिक्षक संगठनका प्रदेश सचिव रघुनाथ मिश्र,सदस्य किरण सुवेदी, कन्काई माविका प्रधानाध्यापक हरिप्रसाद पौड्याल, रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतम, अनेमसंघ माई अध्यक्ष प्रेमकुमारी भण्डारीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बसन्ती राई र सञ्चालन सदस्य शुसिला खड्काले गरेकी थिइन् । हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन शिक्षक टेकनाथ न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार