Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जनताको समस्या बुझ्दै पर्यटनमन्त्री लङ्वा

जनताको समस्या बुझ्दै पर्यटनमन्त्री लङ्वा

  • नमीन ढकाल
  • शुक्रबार, फाल्गुन २० २०७८


जनताको समस्या बुझ्दै पर्यटनमन्त्री लङ्वा

सन्दकपुर । प्रदेश १ को संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाका बासिन्दाहरुसंग साक्षात्कार गरेकी छन् । गृह जिल्लामा उनले २ दिन लगाएर प्रदेश सरकारको मातहतबाट बनेको विकासका आयोजनाको उद्धघाटन एवम निरिक्षणका साथै जनताहरुको समस्याको बारेमा जानकारी लिएकी हुन् ।

फागुन १८ र १९ गते सन्दकपुरको ५ वटै वडाका बासिन्दाहरुलाई भेटेर आफ्नो तर्फबाट गर्नुपर्ने विकासका र भएका कामहरुको प्रगतीको बारेमा साक्षात्कार गरेकी छन् । लङ्वालाई सन्दकपुर गाउँपालिकाको केन्द्र देउरालीमा रहेको होमस्टे व्यवसायीहरुले बुधबार सम्मान गर्दै होमस्टे प्रर्वद्धनमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएर स्थानीयहरुलाई स्वरोजगार बनाउन सहयोग पु¥याएको भन्दै सम्मान गरे ।

उनले देउरालीमा रहेको कृषि फार्मको निरिक्षण गर्दै चाडै प्रदेश सरकारबाट कृषि क्षेत्रका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारीमा रहेकाले सोबाट लाभ उठाउन समेत आग्रह गरिन् । सोही वडामा नेकपा एकिकृत समाजवादीले भेटघाट एवम स्वागत कार्यक्रमको आयोजना गर्दै पर्यटनको विकासका काममा थप सहयोग आवश्यक रहेको माग गरे ।

मन्त्री लङ्वाले वडा नं २ मा रहेको माईपोखरी हर्वल प्रालि भ्रमण गर्दै ग्रामिण क्षेत्रमा कृषि पर्यटन विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि प्रतिवद्धता जाहेर गरिन् । उनले व्यक्तिगत लगानीमा रुखो जमिनमा कृषिको माध्यमबाट पर्यटनलाई समेत टेवा पु¥याएको भन्दै खुशी व्यक्त गरिन् ।

पशुपतिनगर–सन्दकपुर मार्गमा पर्ने धुवा खोलामा निर्माणाधिन पुलको अवलोकन गर्दै निर्माण कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्ने आग्रह गरिन् । मन्त्री लङ्वाले गुणस्तरिय काम भएका योजनाहरुका लागि समयमा भुक्तानीको लागि कुनै समस्या नहुने उल्लेख गरिन् ।

वडा नं ५ मा निर्माण भएको जमुना इङ्ला जमुना÷बुलुङ खोला धावा खानेपानी योजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुहानको सदुपयोगबाट जमुना र आसपासका क्षेत्रहरुबाट बासिन्दाहरुलाई खानेपानीका लागि प्रदेश सरकारले लगानी गरेको बताइन् । उनले वडा नं ५ को खानेपानीको लागि डेढ करोड भन्दा बढि लगानी रहेको बताउँदै आवश्यक अन्य सहयोग समेत गर्ने आश्वासन दिइन् ।

उनले खेल पर्यटनका लागि समेत सन्दकपुर गाउँपालिका क्षेत्रमा प्रचुर सम्भावना देखेर रंगशाला निर्माणको लागि सुरुवातमै प्रदेश सरकारबाट १५ लाख रुपैया दिलाएको उल्लेख गरिन् । उद्धघाटन कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र वडाध्यक्ष जितबहादुर सावा समेत उपस्थित थिए । उनीहरुले गाउँपालिका र वडाबाट समेत विकासका कार्यक्रमहरु अघि बढाएको बताए ।

५ बर्षको अवधिमा सन्दकपुरले विकासको मुहार फेरेको उनीहरुले बताए । वक्ताहरुले तीन तहको सरकारबिच समन्वयको अभावका कारण अपेक्षा अनुरुप भने विकासले गति नलिएको बताए । मन्त्री लङ्वा निर्माणाधिन माङखिमको समेत अवलोकन गर्दै धार्मिक पर्यटन प्रर्वद्धनका लागि आफु सहयोगका लागि सधै तत्परर रहेको उल्लेख गरिन् ।

साक्षात्कारका क्रममा स्थानीय बासिन्दाहरुले सडक, खानेपानी, विद्युतमा सवैभन्दा बढि समस्या भोगेकाले समाधानका लागि आग्रह गरे । मन्त्री लङ्वाले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट केही सम्बोधन गरेको बताइन् । उनले जनताको समस्याहरु टिपोट गर्दै प्रदेश सरकारमा रहेको अरु मन्त्रालय मातहतबाट भएपनि जनताको समस्यामा मल्हमपट्टी लगाउने आश्वासन दिइन् ।

उनले सन्दकपुर क्षेत्रमा धेरै जसो मठमन्दिर, गुम्बा, माङ्हिम, माङ्खिम रहेपनि गत बर्ष कोभिड नियन्त्रणमा प्रदेशको बजेटहरु खर्च भएकाले अपेक्षा अनुरुप सहयोग दिन नसकेकोमो आगामी आर्थिक बर्षको बजेटबाट सम्बोधन गर्ने उल्लेख गरिन् ।

मन्त्री लङ्वाले प्रदेश सरकारको लगानीमा इलामको सन्दकपुर डाँडामा गेष्ट हाउस निर्माणको कार्य अघि बढेकाले कार्य सम्पन्न भएपछि नेपाली पर्यटकहरुले भोग्नुपरेको सास्ती केही हदसम्म समाधान हुनेका विश्वस्त रहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार