Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपाली काग्रेस सूर्योदय नगरपालिका ६ को कार्यालय उद्घाटन

नेपाली काग्रेस सूर्योदय नगरपालिका ६ को कार्यालय उद्घाटन

  • लोकल सन्देश
  • शुक्रबार, फाल्गुन २० २०७८


नेपाली काग्रेस सूर्योदय नगरपालिका ६ को कार्यालय उद्घाटन

सुर्योदय । नेपाली पाली कांग्रेस सुर्योदय नगरपालिका वडा नम्बर ६ मा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आथित्यतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला उप सभापति खगेन्द्र देवान , सचिव पूर्ण गौतम, क्षेत्र नम्बर १ का सभापति सभापति समसेर राई, पूर्व क्षेत्रीय सभापति दुर्गा बराल, क्षेत्र नम्बर १ प्रदेश ख का सभापति निस्कल राई, नगर सभापति जिवन नेपाल, महाधिवेश प्रतिनिधि उद्धव पौडेलले  मन्तव्य राखेका थिए ।

नेपाली काग्रेस वडा नम्बर ६ का सभापति डुकराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले एमसिसिको गतल प्रचार भएको बताए । उनले घर घर जाऔँ काग्रेस जिताउँ भन्ने पार्टीको नारालाई साकार पार्न कार्यकर्ता लाग्न निर्देशन पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार