Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वाइसिएल इलामको संगठन विस्तार तिव्र

वाइसिएल इलामको संगठन विस्तार तिव्र

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन २० २०७८


वाइसिएल इलामको संगठन विस्तार तिव्र

फिक्कल । निर्वाचनको मिति नजिकिदै जाँदा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग वाइसिएलले संगठन विस्तारलाई तिव्रता दिएको छ । वाइसिएलले पालिकाहरुमा कमिटि विस्तारलाई अभियानको रुपमा नै लिएर अघि बढेको केन्द्रिय सदस्य एवम इलाम इन्चार्ज विक्रम बाबु फियाकले जानकारी दिए ।

उनले पछिल्लो एक सातामा ५ वटा पालिकामा प्रथम सम्मेलनबाट कमिटि निर्माण सम्पन्न भएको जानकारी दिए । निरोज आचार्यको नेतृत्वमा ६५ सदस्यीय सूर्योदय नगर कमिटी निर्वाचित गरिएको छ । उपाध्यक्षमा प्रेम गिरि, सचीव रुप कुमार बुढाथोकी, सह–सचीवः खिमान तामाङ र रमेश सेन्च्युरी, कोषाध्यक्षमा यमुना राई रहेका छन् ।

निरज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओबादि केन्द्र ) प्रदेश कमिटी सदस्य तथा सुर्योदय नगर इन्चार्ज प्रबिन तिम्सिनाको प्रमुख आतिथ्यता र पार्टी नगर कमिटी अध्यक्ष सदिप तामाङ (अग्नी ) र बिक्रम लिम्बूको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्र सूर्योदयका उपाध्यक्ष, घनश्याम पौडेल, सचिव मेहरराज आचार्य, बाइसिएल इलाम जिल्ला समन्वय संयोजक कमल दुलाल, गणेश राई लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी अमरबहादुर राईको अध्यक्षतामा गत फागुन १९ गते ७१ सदस्यीय पालिका कमिटी निर्माण गरेको छ । उपाध्यक्षमा प्रदिप राई, गोविन्द खतिवडा, मणीकुमार लिम्बु रहेका छन् । सचिवमा चिरञ्जिवी अधिकारी, सहसचिव बालकृष्ण कार्की, रणबहादु राई र निरोज राई रहेका छन् । कोषाध्यक्षमा दिपा दियाली रहेकी छन् ।

फागुन १८ गते निरा गुरुङको अध्यक्षतामा देउमाई नगरपालिकामा कमिटी गठन भएको छ । उपाध्यक्षमा इन्द्र मिजार, आशिष मगर (पप्पु) रहेका छन् । सचिवमा विजेश राई, सहसचिव भावना राई र कोषाध्यक्ष दिक्षा राई रहेका छन् ।

फागुन १५ गते भविन सोङ्मीको अध्यक्षतामा माईजोगमाईमा ४७ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा राजेन्द्र लिम्बु, भुपाल दियाली र नारायण न्यौपाने रहेका छन् । सचिव विरेन राई (साजन), सहसचिव विवेक कोइराला र सृजना घिमिरे र कोषाध्यक्ष प्रतिज्ञा राई रहेका छन् ।

इलाम नगर समितिको प्रथम सम्मेलन बाट अध्यक्षमा सुबास भट्टराई चयन भएका छन् । संगठनको उपाध्यक्षमा प्रबिन अधिकारी, रेशम नेम्बाङ र गोबिन्द लिम्बू चयन भएका छन् ।

त्यस्तै संगठनको सचिवमा टेक बहादुर कार्की, सह सचिवमा रमेश राना मगर, राजकुमार लिङ्दम, मनि राई, सचिवमा राम कुमार राई चयन भएका छन् । त्यस्तै नगर कोषाध्यक्षमा पिन्कु तामाङ चयन भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार